Author: Himalaya Post

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औँ स्थानमा

काठमाडौँ – नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ । ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकाङ्क (२०००–२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ । जलवायु परिवर्तनजन्य विपद्बाट नेपालले बर्सेनी मानवीय तथा आर्थिक नोक्सानी व्यहोर्दै आएको नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ आर्थिक सर्वेक्षणमा उल्लेख छ । जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था हुँदै आएका छन् । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकायको मूल्याङ्कन प्रतिवेदनअनुसार पृथ्वीको औसत तापक्रम सन् १८५०–१९०० को तुलनामा एक दशमलव एक डिग्री सेल्सियसले बढिसकेको छ । बढ्दो तापक्रमका कारण मानव समुदाय र पारिस्थितिकीय प्रणालीबिचको सन्तुलन कायम गर्ने चुनौती बढेको छ । आर्थिक सर्वेक्षणअनुसार मानव सिर्जित क्रियाकलापका कारण जलवायु परिवर्तनजन्य विपद् बढ्दै गएका छन् । उच्च तापक्रम, बेमौसमी वर्षा र अति वर्षा तथा सुख्खापनजस्ता कारणबाट उत्पादन र उत्पादकत्वमा ह्रास आई रोजगारी, आय र मानिसको जीविकोपार्जनमा गहिरो प्रभाव परेको छ । जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि, क्योटो प्रोटोकल, पेरिस सम्झौतालगायतका प्रबन्ध कार्यान्वयन गर्न विभिन्न निकाय तथा संरचना क्रियाशील छन् । नेपाल पनि यस्ता सन्धि सम्झौताको पक्ष राष्ट्र भई जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका क्षेत्रमा काम...

Read More

सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौँ – सत्ताको बलमिच्याई र सहकारी ठगीविरुद्ध भन्दै नेपाली कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएको कांग्रेसले आइतबार काठमाडौंमा सडक प्रदर्शन गरेको हो । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीलाई राज्य संयन्त्रले बचाउने काम गरेको, प्रतिशोधकै कारण कैलाश सिरोहीयालाई प्रक्राउ गरेको लगायतका विषयलाई लिएर प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित विरोध सभामा कांग्रेस नेताहरुले सहकारी बचत अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने भन्दै उनीहरुलाई बचाउन खोजे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिलको प्रदर्शन सानो तयारी र सांकेतिक विरोधमात्रै भएको बताए । उनले सरकारमा रहेका दलहरु नै साना दलहरुलाई फुटाउने काम गरेको आरोप लगाए । शर्माले सरकारको हर्कतको विपक्षमा सडकमा आएर जनतालाई सुसुचित गराउन खोजेको बताए । भ्रष्टाचार प्रकरणलाई ढाकछोप गर्न संगठित अपराधजस्तो प्रवृति प्रस्तुत हुन थालेको उनले बताए । उनले केपी ओलीले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीलाई बचाउन लागिपरेको टिप्पणी गरे । एउटाले सहकारी र अर्कोले गिरिबन्धुलाई मिलाइराख्ने प्रयास गरेको भन्दै शर्माले अहिलको गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिए । संसदमा सभामुख नजिक बस्ने व्यक्तिको दुइवटा नागरिकता रहेको प्रसंग आएको, गृहमन्त्रीको दुईवटा राहदानीको तथ्य हुँदाहुँदै कैलाश सिरोहियालाई कार्यकक्षबाट पक्राउ गर्ने कामले राज्यको दोहोरो चरित्र देखिएको उनले बताए । उनले नदेखिएका धेरै पात्रहरुहरुले सहकारी ठगि गरेको भन्दै एमालेले सबैलाई बचाउने प्रयास गरेको अरोप लगाए । शर्माले सहकारीबन्धु गठबन्धनमा प्रधानमन्त्रीको अस्तीत्व नदेखिएको र गृहमन्त्रीको वक्तव्यको खण्डन गरेर बसेको तर्क गरे । उनले गृहमन्त्रीले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको छानविन...

Read More

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ४४ करोडको कारोबार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । यो सातामा कारोबारको पहिलो दिन आज नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड १० लाख ४४ हजार चार सय ८५ कित्ता शेयर ७० हजार पाँच सय ८६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४४ करोड १५ लाख ३८ हजार चार सय ७१ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कूल बजार पुँजीकरण रु ३३ खर्ब ४४ अर्ब ७९ करोड ७६ लाख ३९ हजार पुगेको छ ।...

Read More

सिटिजन्स बैंक र काभ्या हस्पिटलबीच सम्झौता, २५ प्रतिशतसम्म छुट पाइने

काठमाठडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जनकपुरधाम, धनुषा स्थित काभ्या हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काभ्या हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ...

Read More

छानबिन समिति गठनमा कांग्रेस नै सहमतिको बाधक बनिरहेको छ : एमाले

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको आरोप लगाएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको आरोप लगाएका हुन् । उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजे पनि कांग्रेसले एकपछि अर्को माग लिएर प्रस्तुत भएको बताए । सहमतिको नजिक पुगेको काम शुन्यमा पुराउने काम कांग्रेसबाट भएको उनको भनाइ छ । बर्तौलाले कांग्रेसले निरन्तर संसदमा बबण्डर गर्नु औचित्यहीन काम भएको धारणा राखे । त्यस्तै कांग्रेस सहमहामन्त्री जीवन परियारले सहमतिका लागि कांग्रेसले तयार पारेको प्रस्तावमाथि सत्तापक्ष सहमत नभएको बताए । उनले गोर्खा मिडियामा विभिन्न सहकारीको रकम अपचलन भएको सो मुद्दामा रवि लामिछाने संलग्न भएको कांग्रेसको धारणाप्रति पटक पटक छलफल भएपनि निष्कर्ष निस्कन नसकेको उल्लेख गरे । कार्यदलमा भएको छलफलमा लामिछानेको नाम राख्न सत्तापक्षले अस्वीकार गरेको र सत्तापक्षले एकपछि अर्को शब्दावलीमा नयाँ अडान राखेको उनले आरोप लगाए । परियारले संसदीय छानविन समितिको कार्यादेशमा लामिछानेको नाम उल्लेख नभएसम्म कांग्रेस पछि नहट्ने जिकिर गरे । त्यस्तै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जेठ १५ गतेसम्म सहमतिको प्रयास गरिने बताए । उनले प्रतिपक्षीले उठाएका सवै मागप्रति सरकार सकारात्मक रहेपनि अडान नछाडेको आरोप लगाए । उनले गृहमन्त्रीको बिषयका साथै सवै सहकारी पिडितहरुको न्याय हुने गरि संसदीय छानविन समिति बनाउन सरकार तयार रहेको बताए...

Read More