Author: Himalaya Post

अध्यक्ष ओलीमाथिको आरोप तथ्यहीन, काँग्रेसले माफी माग्नुपर्छ : एमाले

काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेले आफ्ना अध्यक्षमाथि कांग्रेसले लगाएको आरोप तथ्यहीन भएको भन्दै लिखित रुपमा क्षमायाचना गर्न माग गरेको छ । संसदको गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको बैठकमा एमाले नेताहरुले अध्यक्ष केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने धारणा राखेका हुन् । बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर कांग्रेस नेताहरुको तथ्यहिन अभिव्यक्ति आएको भन्दै एमालेको आपत्ती रहेको बताए । उनले आधारहीन आरोपबाट कांग्रेस पछि नहटे राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिए । पौडेलले शीर्ष नेताको...

Read More

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौँ – समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा गैरपत्रकारका नाम थप गरेर निर्वाचन समितिलाई बुझाउने तयारी भएको आरोप लगाउदै तालाबन्दी गरिएको हो । सदस्यता शुद्धिकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रुपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुंगो लगाएका नाममा रातारात हेरफेर गर्ने काम भएको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए । पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनको माग विपरित पत्रकारिताबाहेक अन्य पेशा, व्यवसायमा संलग्न व्यक्तिको नाम पत्रकारको सूचीमा राखेको समाजवादी प्रेस संगठनको आरोप छ । त्यस्तो सदस्यता विवरण खारेज गरी न्यायोचित सदस्यता जारी नभएसम्म संगठनको विरोध जारी रहने अध्यक्ष सुवेदीले बताए...

Read More

अमेरिकाको भिसा नपाउँदा सन्दीप निराश

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाका भिसा नपाएपछि निराशा व्यक्त गरेका छन् । आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजमा सुरु हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुनका लागि अमेरिकाको भिसा नपाएपछि सन्दीपले पुनः सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् । उनले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशले विश्वकप खेल्न लागेकोमा आफू खुसी भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘वास्तवमा, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।’ यसअघि सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन गरेका थिए । तर, अमेरिकी राजदूतावासले सन्दीपलाई...

Read More

मनसुन पूर्वतयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्व तयारी र प्रतिकार्यमा जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा मनसुन पूर्वतयारीका विषयमा आयोजित छलफलमा लामिछानेले सम्पूर्ण जनशक्ति परिचालन गरि मनसुनजन्य विपदवाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्ने तयारी गर्न निर्देशन दिएका हुन् । अहिले २० हजारलाई राहत दिन सक्ने गरि उद्धार र राहतका लागि राज्य सक्षम रहेको जानकारी दिँदै प्रकोपपछि तत्कालै उद्दार र राहतका लागि तयारी गर्नुपर्ने बताए । उनले अत्यन्तै जोखिमयुद्ध क्षेत्रमा एकसाताभित्र जनशक्ति परिचालन गरि नागरिकलाई सुसूचित गराउने काममा लाग्न पनि निर्देशन दिए । गृहमन्त्री लामिछानले प्राकृतिक प्रकोपपछि आवश्यक पर्ने सामाग्री अभाव भए खरिद कार्य अघि...

Read More

डीआईजी खापुङद्वारा जिप्रका सुनसरी र प्रहरी अस्पताल इनरुवाको निरीक्षण

सुनसरी – कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको निरीक्षण भ्रमण गरेका छन् । एसपी विपीन रेग्मीको नेतृत्वमा रहेको सुनसरी जिल्लाको शान्ति सुरक्षा, प्रहरी कार्यालय, जनशक्ति तथा स्रोत साधनहरूलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउन डीआईजी खापुङको उपस्थितिमा रणनीतिक योजना समेत तर्जुमा भएको बुझिएको छ । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्दै जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिए । निर्देशनको क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ–आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने विभिन्न अपराधिक गतिविधि नियन्त्रणमा लाग्न निर्देशन दिए । साथै उनले चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सीमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको व्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्यूनीकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिए । एसपी रेग्मी नेतृत्वको सुनसरी प्रहरीलाई प्रभावकारी र अब्बल प्रहरीका रूपमा हेरिएको जनस्तरबाटै प्रतिकृयाहरू आएका छन्...

Read More