Author: Himalaya Post

विपक्षी दलको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ – सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षीको विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल गरी बहुमतले पारित गरिएको हो । त्यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध हटाएर बजेट ल्याउने गरी छलफल भइरहेको जानकारी दिए । कांग्रेस सभापतिसंगको भेटवार्ता सकारात्मक भएको भन्दै उनले बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने विश्वास व्यक्त गनरे । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले सामाजिक आर्थिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्ने लक्ष्य लिएको बताए । सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा रोजगारी सिर्जना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादकत्वमा वृद्धिको मुख्य संवाहकका रुपमा विकास गर्न जोड दिएको उनले बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सामाजिकरुपमा उपेक्षित उत्पीडित वर्गको न्यायमा पहुँचको लागि कतिपय विशिष्ट कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिए । प्रधानमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको संशोधनलाइ निणयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो । सभामुख घिमिरेले आगामी जेठ १५ गते दिनको १ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने जानकारी दिएू । उनले उक्त दिन १२.४५ अघि नै संसदमा उपस्थीत हुन आग्रह गरे । संयुक्त बैठकपछि सोहि दिन अपरान्ह चार बजे प्रतिनिधिसभाको बैठक बस्ने सभामुखले जानकारी गराए...

Read More

सत्ता गठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिँदै गएको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सञ्चारमाध्यको विषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिएको बताएका हुन् । सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको प्रवृति चिन्ताजनक रहेको भन्दै उनले अहिले जस्तो अवस्थामा ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरे । उनले सत्ताको रवैको विरोध गर्दै काठमाडौंमा कांग्रेसले वृहत प्रदर्शन भएको र यो कुनै व्यक्ति केन्द्रित नभएको जिकिर गरे । महामन्त्री थापाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति कांग्रेसले भनेकै जस्तो बन्ने र यस बिषयमा संसदबाटै लड्ने स्पष्ट पारे । उनले कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको कर्मको जवाफदेही सोहि व्यक्ति नै हुनुपर्ने भएपनि कैलाश सिरोहियामाथिको अनुसन्धानको प्रक्रिया उचित नभएको धारणा राखे...

Read More

आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान

काठमाडौँ – सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । आइतबार प्रतिपक्षी सांसदको नारावाजीकाबीच प्रतिनिधिसभामा चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री बर्षमान पुनले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताउनुभयो । उहाले चालू आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान रहेको बताए । त्यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ भने चालू आर्थिक बर्षको फागुनसम्म औसत मुद्रा स्फीतिदर ६ दशमलव ०८ प्रतिशत रहेको बताए । चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको भन्दै उनले संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको जानकारी दिए । फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको रकूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको उनले बताए । त्यस्तै अर्थमन्त्री पुनले फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ बढेको, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको जानकारी दिए । उनले मुलुकको आर्थिक अवस्था क्रमश सुधार हुँदै गएको जानकारी दिए...

Read More

सहकारी ठगी प्रकरणमा टीओआर टुंग्याउन कार्यदल सहमति नजिक

काठमाडौँ – सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सहमति नजिक पुगेको छ । सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा गृहमन्त्रीको नाम उल्लेख नगरी सहमति समिति गठन गर्ने विषयमा सहमति नजिक पुगेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए । यद्धपि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको उनले बताए । मन्त्री गिरीले मुलुकका संकटग्रस्त रहेका सहकारीका साथै संसदमा उठेका सहकारीको नाम तोकेर कार्यादेश तयार गर्ने बिषयमा छलफल भएको बताए । उनले कार्यदलमा भएका विषयहरुलाई शीर्ष तहमा जानकारी गराउने गरि बैठक सकिएको जानकारी दिए । यसअघि कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन गर्न समिति बनाउनुपर्ने अडान राखेको थियो भने सत्तारुढ दलले व्यक्तिकेन्द्रित समिति बनाउन अस्वीकार गर्दै आएको छ...

Read More

मन्त्री महासेठलाई मेयर बालेनले पठाए धुलो उपहार !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रिङ रोड सडक निर्माणमा विलम्व गरेकोमा नगरवासीले भोग्नु परेको भन्दै माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन् । काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै मेयर शाहले महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर पुर्याएका हुन । ”माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला । मेयर शाहले लेखेका छन्...

Read More