Author: Himalaya Post

कहाँ पुग्यो अरुण– ३ जलविद्युत् आयोजना निर्माण ?

संखुवासभा– बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ। भारतको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ। आयोजनाबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुनेछ। जसबापत नेपालले २१।९ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ। बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ। विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ। हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा ४५६ मेगावाट क्षमताको माथिल्लो...

Read More

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ आज सार्वजनिक गरेको छ। मन्त्रालयको बेभसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सकारात्मक तथा सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने र समसामयिक विषय परिमार्जन गरिने बताइन्। यही जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ असार ३२ गतेको निर्णयबाट तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय आयोग गठन भएको थियो। विसं २०५७ माघ १ गते तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष उक्त प्रतिवेदन बुझाइएको...

Read More

कुमारी बैंक र ‘यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेस’बीच सम्झौता

काठमाडौँ – कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय (MSMEs) वित्तीय साक्षरता कार्यक्रमका लागि ‘यूएसएड’सँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत ‘यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेस’ ले बैंकलाई नेपालभरका MSMEs माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १०,००० नयाँ MSMEs लाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग गर्ने छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्नालाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु...

Read More

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाद्वारा एमालेको कार्यालय अवलोकन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी दिएका छन् । दुई पार्टीबीच यसअघि भएको सल्लाहबमोजिम नेता सापकोटा एमाले मुख्यालय गएका हुन् । उपाध्यक्ष सापकोटाले एमालेको एक्सन रुम, एप्स, प्रचारप्रसार व्यवस्थापनबारे जिज्ञासा राखेका थिए । उहाँको जिज्ञासाबारे आफूहरूले अवगत गराएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उपाध्यक्ष सापकोटाले एमालेको कार्यालय सुव्यवस्थित र अत्याधुनिक पाइएको बताए...

Read More

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान

काठमाडौँ – होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ । सङ्घले हालै चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको थियो । सो कार्यक्रम पश्चात चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर हुन सक्ने सङ्घले अनुमान गरेको हो । सङ्घका अध्यक्ष विनायक शाहले पछिल्लो समय चीनमा भइरहेका प्रवर्द्धनात्मक कार्यक्रमले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । “चीनका विभिन्न सहरमा आयोजित नेपाल प्रवर्द्धनमा सहभागी चिनियाँ टुर अप्रेटर, पर्यटन व्यवसायीहरुको चासो र अग्रिम बुकिङ हेर्दा आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ”, अध्यक्ष शाहले भने । प्रवर्द्धन कार्यक्रमका दौरानमा नेपालको पर्यटन प्रवर्द्धनार्थ महत्वपूर्ण दुई पक्षीय सम्झौता पनि भएकाले चिनियाँ...

Read More