एमाले वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धन निरन्तरताको पक्षमा रहेको बताएका छन् । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि रासससँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धनमा सामेल भएको उल्लेख गरे । “यसअघिको सत्ता गठबन्धनले देशको हित गर्दैन भन्ने हाम्रो बुझाइ थियो । अहिलेको गठबन्धन निरन्तरता आवश्यक छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्याप्त छलफल हुन नसकेको सवाल उठे पनि...
Read More





























