Author: Himalaya Post

आइएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को प्रतिनिधि मण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा टिडियान किन्डा नेतृत्वको टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता गरेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– इसिएफ) अन्तरगतको चौँथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने...

Read More

प्रधानमन्त्री कप एनभीए भलिबल लिग : हेल्प नेपाल र एपीएफ विजयी

काठमाडौँ – विभागीय टोली एपीएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बिहीबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेट २२–२५ एपिएफले गुमाएको थियो । तर, त्यसपछिका सेट एपिएफले २५–१२, २५–१४ र २५–१९ ले जित्न सफल भयो । त्यस्तै बिहीबार नै भएको अर्को खेलमा साविक विजेता टिप टप हेल्प नेपाल विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्यो । हेल्प नेपालले २५–२१, २५–२२ र २५–२० ले खेल आफ्नो पक्षमा पारेको हो । जितसंगै टिप टप हेल्प नेपालले...

Read More

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ – विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसम्बन्धी काम स्वदेशमा नै गर्नका लागि लागि ल्याएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै सञ्चारमन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैँकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याएको जानकारी दिए । स्वदेशमै छपाइ गर्न सकिए सुरक्षाको दृष्टिकोणले उचित हुने र वैदेशिक मुद्रा बाहिरिन नपाउने उनको भनाइ छ । विधेयकका छलफलका क्रममा आएका कतिपय विषयहरुलाई पनि विधेयकमा राखिएको उनको भनाइ छ...

Read More

मुलुकलाई अप्ठेरो पर्दा सबै दल एक भएर अघि बढ्नुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मुलुकलाई अप्ठेरो पर्दा सबै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा मनुसन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसंग छलफल गर्दै लामिछानले राजनीतिक विपत्ति वा प्राकृतिक विपत्तिमा राजनीतिक दलहरु एकै ठाँउ उभिएको इतिहास रहेको भन्दै विपद व्यवस्थापनलाई चुस्त बनाउन पनि एक भएर अघि बढ्नुपर्ने बताए । यसवर्ष मनसुनमा हुनसक्ने प्राकृतिक विपतबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न एकमहिनादेखि नै पूर्वतयारी भइरहेको उनले जानकारी दिए । गृहमन्त्री लामिछानले राजनीतिक दलहरुसंग विपद व्यवस्थापनसम्बन्धी अनुभव भएकाले सरकारले सबैको अनुभवलाई संगै लिएर मनुसन पूर्वतयारी र क्षति न्यूनीकरण गर्ने धारणा राखे । उनले विपद् पर्दा...

Read More

अब वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाईनमार्फत हुने

काठमाडौँ – विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण अनलाईन प्रणालीमार्फत हुने भएको छ । कन्सुलर सेवा विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डोलप्रसाद अर्यालले उक्त अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् । वैदेशिक रोजगार सम्बन्धी मागपत्र प्रमाणीकरण गर्दा भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुरुप सूचना प्रविधिको प्रयोग मार्फत अनलाईनबाट प्रमाणीकरण गर्ने प्रकृयाको सुरुवात गरिएको बिभागले जनाएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले अनलाइन प्रमाणीकरण गर्ने प्रकृया नेपाली दूतावास अवधावीबाट सुरु गरिएको क्रमश अन्य देशमा पनि विस्तार गरिने जानकारी दिए । यस प्रणालीबाट सम्बन्धी रोजगारदाता र...

Read More