Author: Himalaya Post

अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

काठमाडौँ– अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाई भएकाले सरोकार भएकासँग समन्वय गरी पोसकको व्यवस्था गरिएको विभागले जनाएको छ । विमानस्थलमा हुने कमीकमजोरी तथा भ्रष्टाचारको भागिदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भन्नका पोसकको व्यवस्था गरिएको विभागको भनाइ छ । अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको पोसकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो ।...

Read More

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने

सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मङ्गलबार छिचोलिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा छिचोल्ने निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ । उक्त आयोजनाको ७० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री दाहालले अरुण तेस्रोको ‘ड्यामसाइट’ र ‘पावरहाउस’को हेलिकप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम तय गरिएको छ । आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवा पावर हाउससम्म ११ दशमलव ८३७ किलोमिटर छ । आयोजनामा कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने...

Read More

टी-२० विश्वकपको विजेता र सहभागी टोलीले कति पाउँछन् पुरस्कार ?

काठमाडौँ – नेपालसहित २० राष्ट्रले अमेरिका र वेष्ट इण्डिजमा नवौँ संस्करणको टी–२० विश्वकप खेलिरहेका छन् । समूह चरणका खेल सुरु हुँदैगर्दा क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० विश्वपका विजेता, उपविजेता र सहभागी टोलीका लागि पुरस्कार रकम सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक पुरस्कार रकम अहिलेसम्मकै धेरै रहेको आईसीसीले जनाएको छ । आईसीसीले यसपटकको विश्वकपमा पुरस्कार दिनका लागि १ करोड १२ लाख ५० हजार अमेरिकी डलर (१ अर्ब ४९ करोड ५५ लाख बढी नेपाली रुपैयाँ)को कोष खडा गरेको छ । जसबाट टी–२० विश्वकपको विजेता टोलीले ट्रफीसहित कम्तीमा २४ लाख ५० हजार अमेरिकी डलर (३२ करोड ५६ हजार बढी...

Read More

लोकतन्त्रले थिचोमिचो स्वीकार्दैन : पूर्वराष्ट्रपति यादव

काठमाडौँ — पूर्वराष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताएका छन् । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले गरेको तस्वीर प्रदर्शनीको सोमबार अवलोकनपछि पूर्वराष्ट्रपति यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताए । जनताको आन्दोलनको उपलब्धिका रुपमा रहेको गणतन्त्रलाई संस्थागत गर्ने कार्य जिम्मेवारीका साथ अघि बढिरहेको उल्लेख गर्दै उनले यस व्यवस्थालाई बलियो तुल्याउन खम्बाका रुपमा राजनीतिक दलले सहमति, समन्वय र सुझाबुझपूर्णरुपमा काम गर्नुपर्नेमा जोड दिए । गणतन्त्र प्राप्तिपछि मुलुकका विभिन्न क्षेत्रमा सुरुङमार्गलगायत विकास निर्माणले तीव्रता पाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले भौतिक विकाससँगै नवीनतम प्रविधिको विकासले देश र संसारलाई जोडिरहेको बताए...

Read More

एमाले र माओवादीबीच कुनै विवाद छैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको प्रष्ट पारेका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले एमाले–माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाधेजस्तो भएकाले विश्वास र मजबुद ढंगले अघि बढ्ने धारणा राखे । सरकारको गतिलाई रोक्न धुप अक्षेता बालेर बस्नेहरुको दिवासपना पुरा नहुने उनको भनाइ छ । उनले सत्तासमिकरणमा बजेटका विषयमा छलफल कम भएको सत्य भएपनि एमालेले बजेटको अपनत्व लिदै पारित गर्ने बताए । उनले सत्ता समीकरणमा रहेका सवै दलको भावनालाइ समेट्ने गरि बजेट अघि बढ्नुपर्नेमा पनि जोड दिए...

Read More