Author: Himalaya Post

सटिजन्स बैंक र साई डेण्टल क्लिनिकबीच सम्झौता, २० प्रतिशतसम्म छुट पाइने

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको...

Read More

विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐनकानुनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् । उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीति नियम सच्चाउन समेत निर्देशन दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछानले कानुनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ...

Read More

गिरिबन्धु प्रकरणबारे झोक्किँदै ओलीले भने : बालेनलाई नै सोध्नुस्

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु प्रकरणका विषयमा काठमाडौँ महानगपालिकाका मेयर बालेन शाहसँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सोमबार संसद भवनमा गिरिबन्धु टि स्टेटको कुरा आइरहेको छ भनी भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिए । सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बिना फिर्ता गर्न सुझाव दिएका थिए...

Read More

तीन सय दर्शक क्षमताको ‘कभर्डहल’ सञ्चालन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा निर्माण भएको ‘जालपा कभर्डहल’ सञ्चालनमा आएको छ। नगरपालिकाको रु ७० लाख र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण भएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि सञ्चालनमा आएको हो। कभर्डहल तीन सय दर्शक क्षमताको बनेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । वि.सं. २०७६ मा निर्माण सुरु गरिएको उक्त कभर्डहल आइतरबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले औपचारिकरुपमा उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई, नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० खोटाङका नेता रामप्रसाद दङ्गाललगायतको उपस्थिति थियो। करिब पाँच वर्ष लगाएर सम्पन्न गरिएको कभर्डहलमा खेलकुदसम्बन्धी विभिन्न गतिविधि, सभा,...

Read More

एनआईसी एशिया बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

काठमाठौँ – ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि इनोभेसन अवाडर््स २०२४ अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ च्यानल इनोभेसन प्लाटिनम अवार्डबाट बैंक सम्मानित भएको हो । नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत यस बैंकले १० विधामा २०० आवेदनहरुका बीच प्रतिस्पर्धा गर्दै...

Read More