Author: Himalaya Post

पाँच कक्षापछि पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका

गलकोट (बागलुङ) – बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन् । उमेरले १९ वर्ष भएको विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिइन् । उनको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गरिन् । निसीखोला गाउँपालिका–५ निसेलढोरमा अशिक्षा, गरिबी र बालविवाह व्याप्त छ । त्यसैको चेपुवामा सम्झनाजस्ता धेरै किशोरीहरु परेका छन् । निसेलढोरमा पाँच कक्षासम्म अध्ययन हुने गरेको र माध्यमिक शिक्षा अध्ययनका लागि घरबाट टाढा जान सम्भव नभएपछि पढाइ छोडेको विश्वकर्माले दुःखेसो गरिन् । “१९ वर्षकी भएँ, पढाइको महत्व अहिले बुझ्दैछु । घरबाट पाँच घण्टाको पैदल दूरीमा माध्यमिक विद्यालय छ, त्यसकारण पढ्न सम्भव भएन...

Read More

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन : माधव नेपाल (अन्तर्वार्ता)

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा १० स्थान रहेको सो एकीकृत समाजवादी संघ र प्रदेशका सत्ता गठबन्धन हेरफेरमा कतिपय अवस्थामा निर्णायकसमेत रहँदै आएको छ । आफूहरुलाई बेवास्ता र अपमान नगर्न आग्रह गर्दै आएका सो दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रिय राजनीति र एकीकृत समाजवादीको दसौँ महाधिवेशनका सन्दर्भमा राससका समाचारदाताद्वय प्रकाश सिलवाल र सिबी अधिकारीले गरेको संवादको सम्पादित अंशः पछिल्ला राजनीतिक घटनाक्रममा तपाईं र तपाईंको पार्टी चर्चाकै केन्द्रमा रहेको देखिन्छ । हालै मात्रै...

Read More

करको दायरा बढाएर राजस्व वृद्धि गर्न सकिन्छ : धनराज गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले करको दायरा बढाएर राजस्व वृद्धि गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका गुरुङले करको भार थप नगरि दायर बढाएर राजस्व वृद्धि गर्न सकिने बताएका हुन् । उनले आफूले गाँजा खेतीका लागि कानुन बनाउनका लागि पटक पटक सुझाव दिदा पनि यसलाइ प्रतिवन्ध गर्दा अवरौ राजस्व गुमिरहेको बताए । औषधिजन्य पदार्थको रुपमा गाँजाको निर्यात गर्न सके दुई खर्व भन्दा बढी राजस्व उठ्ने उनले बताए । गुरुङले गाँजा र घरेलु मदिराका बारे सकारात्मक व्याख्या र छलफल हुनुपर्नेमा जोड दिए । उनले धार्मिक, सांस्कृतिक, खेलकुदलगायत पर्यटनको सम्भावनालाई अघि बढाउनुपर्ने र चितवनको सौराहालाई हनिमुन सिटी...

Read More

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसंग छलफल गरेका छन् । सोमबार बालुवाटारमा राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यस्तै संसदलाई प्रभावकारी बनाउँदै लैजाने, सहकारी प्रकरणमा गठन भएको संसदीय छानबिन समिति लगाएतका विषयमा पनि छलफल भएको बुझिएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले सोमबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग पनि विभिन्न विषयमा छलफल गरेका थिए...

Read More

महानगर प्रहरीको अवरोधबीच सडक विभागले गर्यो न्यूरोड क्षेत्रको सडकमा कालोपत्रे

काठमाडौँ – सडक डिभिजन कार्यालयले फुटपाथ विस्तारका लागि खनिएको न्यूरोड क्षेत्रको सडकमा कालोपत्रे गरेको छ । मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दायावाया सडक काटेको थियो । महानगरको कदम कानुन विपरित भएको भन्दै सडक डिभिजन कार्यालयले सो क्षेत्रको सडक मर्मत गर्दै पुन कालोपत्रे गरेको हो । कालोपत्रे गर्ने क्रममा काठमाडौं महानगरका नगरप्रहरीले रोक्न खोज्दा केहीबेर विवाद भएको थियो । स्थानीयहरुले सडक कालोपत्रे गर्न दिनुपर्ने भनेपछि महानगर प्रहरी पछि हटेका थिए । सरकारी निकायहरु सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच आपसी समन्वयन नहुदा समस्या देखिएको स्थानीयहरुले बताएका छन् । उनीहरुले सवैको सहमतिमा हुने कामको कसैले...

Read More