Author: Himalaya Post

तनहुँमा हावाहुरीले ३३३ घर गोठमा क्षति

डुम्रे – तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्याएको छ । उनले भने, “हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ ।” क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि केही स्थानमा पुगिसकेको प्रजिअ गौतमले बताए । हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको...

Read More

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

काठमाडौँ– माछापुच्छ्रे बैंक लि. ले एक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले बुधवार एक समारोहबीच कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको हो । बैंकले सो कार्य आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सम्पन्न गरिएको जनाएको छ । बैंकका अनुसार विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको हो । २८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या रहेको थियो...

Read More

अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ– अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउनुपर्नेमा सांसदहरु जोड दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलका क्रममा उनीहरुले राज्यलाई थप आर्थिक भार नपर्ने गरि अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउनुपर्नेमा जोड दिएका हुन् । हाल विद्यमान अभिलेखहरुको संरक्षण सम्बन्धमा समसामयिक र प्राविधिक विषयमा सुधार गर्नका लागि अभिलेखकको परिभाषा समयसापेक्ष संशोधन गर्नुपर्ने सांसदहरुको भनाइ छ । अभिलेखको संरक्षणका लागि विधेयकसम्बन्धी ऐनलाई संशोधन गर्दा नेपाल सरकारले थप आर्थिक दायित्व नपर्ने गरि अघि बढाउनुपर्ने सांसद भीम प्रसाद आचार्यले बताए । त्यस्तै समिति सभापति राजकिशोर यादवले यसअघि सहमति भइसकेका बिषय भन्दा अन्य बिषयमा छलफल गरि चाडै निष्कर्षमा पुर्‍याइने बताए । सरकारले अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन तथा नेपालमा रहेका अभिलेखको संरक्षण र व्यवस्थापनमा प्रभावकारिता ल्याउन र कानुनमा रहेका अन्य समसामयिक र प्राविधिक विषय सुरधार गर्न उक्त विधेयक ल्याइएको थियो । अभिलेख विधेयक रहेको दण्ड सजायलाई परिमार्जन गर्दै पचास हजार रुपियाँसम्म रहने गरि संशोधन गरिएको छ...

Read More

राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रबिन्दुमा राख्नमा राख्न सक्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुले जनताको चाहनालाई केन्द्रविन्दूमा राख्न सक्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा लिखुसंग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् । राज्यका स्रोत साधनहरु जनताको हितमा सोच बिचार गरेर परिचालन गर्नुपर्ने उनको भनाइ छ । अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको र त्यसको असर समाजका साथै समग्र देशमा परेको उनले जनाए । अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरु धेरै राम्रोगरि आएको धारणा राखे । राष्ट्रिय राजनीतिलाई सहज रुपमा अघि बढाउन ध्यान पुर्‍याउँदै संवेदनशील हुनुपर्ने उनको भनाई छ...

Read More

बालेनको प्रश्न : पार्किङ गर्दा नसाघुँरिने सडक फुटपाथ बनाउँदा कसरी साँघुरिन्छ ?

काठमाडौँ– काठमाडौँ महानगरका मेयर बालेन शाहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसअघि सडकमा पार्किङ गर्दा सडक साघुरो नहुने अहिले सोहि ठाउमा फुटपाथ बनाउदा कसरी सडक साँघुरो हुन्छ ? भन्दै प्रश्न गरेका छन् । ‘सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्यूरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’, उनको प्रश्न छ । न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले...

Read More