Author: Himalaya Post

६० किलो सुन तस्करी प्रकरण : अर्का एक व्यक्ति पक्राउ

काठमाडौँ– ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा अर्का एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया थर्कमान लामा पक्राउ परेका हुन् । कान्छामान भनेर समेत चिनिने थर्कमानलाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । लामालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले पुष्टि गरेको छ । उनी नेपाली कांग्रेसमा आबद्ध रहेको बुझिएको छ । उनलाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो...

Read More

नगरपालिका बैठकमा बालेन र २२ वडाका वडाध्यक्षबीच घम्साघम्सी, फाइलदेखि फुटपाथसम्मका कुरा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगर प्रमुख बालेन्द्र साह ‘बालेन’ र २२ वडाका अध्यक्ष चिनीकाजी महर्जनबीच घम्साघम्सी परेको छ । शुक्रवार ३२ औँ नगर कार्यपालिका बैठकमा चिनिकाजीले बैठकको कार्यतालिकामा प्रवेश गर्नुअगावै महानगरले आफ्नो अनुपस्थितीमा नगर प्रहरीले ६÷७ वटा फाइलहरु लिएर गएकोप्रति असन्तुष्टि व्यक्त गरे । ‘कुन कारणले के कारणले हो ?’, प्रश्न गर्दै उनले भने, ‘जबकी हाम्रो संस्थाभित्र हाम्रा फाइलहरु अध्ययन गर्ने, अभिलेखहरु अध्ययन गर्ने एउटा प्रणाली सिस्टम छ ।’ आफूहरुले वर्ष भरिका अभिलेखहरु अध्ययन गर्ने अभ्यासका बाबजुद महानगरले कुन शैलीमा आफ्नै घरभित्रबाट फाइल लैजाँदा त्सको भरपाई आवश्यक भए÷नभएको समेत प्रश्न राखे । ‘भोलि मेरा सेवाग्राहीहरुले कर तिर्न आयो भने कुन आधारमा लिने ? कसको फाइल लगेको हो कसको नलगेको हो कसरी थाहा पाउने ? फाइलहरु सबै भताभुंग छ । यो शैली के हो ? कसको आदेशमा भएको छ ?’ उनले थपे । फाइलहरु तरकारी बोरामा हालेर लगेजस्तै लगेको भन्दै उनले बैठकमा सोको जवाफ समेत मागेका छन् । महर्जनको कुरा सकिएपछि महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारले सो लिइएको फाइलहरु घरबहाल करसम्बन्धि रहेको बताए । वडाले आन्तरिक राजस्व विभाग र महानगरलाई बुझाएको फाइलका विवरणहरु फरक देखिन आएकाले सोको अध्ययनका लागि फाइल लगिएको र सो २२ वडामा मात्रै नभई अन्य वडाका फाइलहरु पनि अध्ययन गरिएको स्पष्ट पारे । पुनः चिनीकाजीले महानगर आफ्नो कार्यप्रति उत्तरदायित्व रहेको छ ? भन्ने प्रश्न गर्दै कति ओटा फाइल गएको छ ? भन्ने पश्न गरे जवाफमा प्रदीपले १७ बण्डल लिएको बताए । उनको कुरा बीचैमा काट्दै महर्जनले भने,...

Read More

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक सुरु

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल हुने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।नेकपा ९माओवादी केन्द्र० संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरू भएको...

Read More

सडक दुर्घटनामा दुईजनाको मृत्यु

तुलसीपुर – दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन्...

Read More

२२९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो । महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिइन् । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिइन्। “हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ, ” उनले अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उनले भनिन् । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिइन्...

Read More