Author: Himalaya Post

टि-२० विश्वकप : दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै

काठमाडौं – आइसिसी टि.२० विश्वकपको दोस्रो आधिकारिक वार्म अप खेलमा नेपालले आज घरेलु टोली अमेरिका विरुद्ध खेल्दैछ । ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । यसअघिको पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रनमा समेटिएको थियो । विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ । नेपालले समुह चरणको आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असार कै ३ गते बंगलादेश विरुद्ध समुह चरणको अन्तिम खेल खेल्ने तालिका छ...

Read More

सुर्खेत जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, मृतक सबैको सनाखत

सुर्खेत – सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताए । आज बिहान भएको दुर्घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिँदा दुईजनाको मात्र मृत्यु भएको जनाएको थियो । पछि चारजनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सनाखत हुन सकेको थिएन । हाल मृतकको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक केसीका अनुसार भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७...

Read More

पशुपति क्षेत्रको गुरुयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने

काठमाडौँ – पशुपति क्षेत्रको गुरुयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने भएको छ । सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा पशुपति क्षेत्रको गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट पारित भएको थियो । कोष सञ्चालक परिषद्को हालै सम्पन्न बैठकमा मन्त्री हितबहादुर तामाङले दक्षिण एसिया र विश्वका विभिन्न देशबाट आउने हिन्दू धर्मावलम्बीलाई पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्न सहजता प्रदान गर्ने योजनाका साथ व्यवस्थापकीय पक्षमा नवीनतम् कार्यक्रम ल्याइने विषय हालको गुरुयोजनामा समावेश भएको बताए । “धार्मिक पर्यटकलाई आकर्षित गर्न पशुपति क्षेत्रलाई व्यवस्थित गरिन्छ । अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न...

Read More

नेपालका बालबालिकालाई तीन वर्षभित्र कुपोषणमुक्त गर्ने अभियान सुरु

काठमाडौं – तीन वर्षभित्र नेपालभरका बालबालिकालाई कुपोषणमुक्त गर्ने अभियान सुरु भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा आजदेखि यो अभियान सुरु गरिएको हो । कुपोषणका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपन, आठ प्रतिशत बालबालिकामा ख्याउटेपन, १९ प्रतिशत बालबालिका कम तौलका छन् । कुपोषणका कारण बाल विकास नभएका बालबालिकाको सङ्ख्या मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी छन् । सन् २००१ मा भएको अध्ययनअनुसार एक हजार बालबालिकामा ९१ जना कुपोषण प्रभावित हुने गरेको पाइएको थियो । कार्यक्रमको शुभारम्भ गदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गर्भ अवस्थादेखि नै पोषणयुक्त बनाउन तीन वटै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिइन् । दिगो विकास लक्ष्यको बुँदा नं १ र २ लाई पूरा गर्न पनि सन् २०३० सम्म नेपालबाट कुपोषण अन्त्य गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको उनले सुनाइन् । सङ्घीय सरकारले दिवा खाजाका लागि दिएको रु १५ मा प्रदेश र स्थानीय सरकारले पनि बजेट थप गरिदिएर सहयोग गर्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो । सरकार मातहत रहेका बालसुधारगृहको कार्यक्षेत्र गृह मन्त्रालय अन्तर्गत पर्ने भए पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई भन्ने गरिएको उल्लेख गदै उनले यस सम्बन्धमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक मामिला समितिले अध्ययन गरेको बताइन्। दुवै समितिले प्रकाशन गरेको प्रतिवेदनसमेत मन्त्रालयमा आएको उनले जानकारी दिइन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले बालबालिका स्वस्थ भए देश स्वस्थ हुने उल्लेख...

Read More

राष्ट्रपति पौडेल जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने, मन्त्रिपरिषदद्वारा भ्रमण स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेल अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा जाने भएको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको १ सय १२ औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । बैठकले त्यसलगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमण समेत स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले नेपाल न्यायसेवा तर्फको राजपत्राङ्कीत विशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, याम बहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमश नायव महान्याधीवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्टार पदमा पदस्थापन गर्ने निर्णय गरेको उनले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले वन दोश्रो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ भने तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्...

Read More