गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन
“पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै ख्याल उही जिब्रो बेग्लै र्याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुई !” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो। आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उनको यात्रा अविरल बगिरहेको छ। खराब प्रवृत्तिलाई आफ्ना शब्दका माध्यमबाट ताकेर प्रहार गर्ने उनका कलमले भ्रष्टाचार, कुशासन, विकृति र विसङ्गतिका पहाडहरुलाई हल्लाइरहेको हुन्छ। जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सङ्कल्प बोकेर चुनावमा होमिएका र जितेर शासन सत्तामा पुगेकाहरुले बाचाअनुसार काम नगरेको वा गर्न नचाहेको देखेर होला कवि पराजुलीका कलम नरोकिएका हुन्। उस्तै परे दिनमा दुई/तीन वटासम्म व्यग्ङ्य कविताका हस्तलिखित तस्बिर उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएका छन्। ती रचनाहरुमाथि क्रिया–प्रतिक्रिया र चर्चाको क्रम चलिरहेको हुन्छ। समालोचक प्रा डा रामप्रसाद ज्ञवालीले ‘जनमत’ साहित्यिक मासिक पत्रिकामा २०६३ असोजमा लेखेका छन्, ‘कवि अर्जुन पराजुली जीवन भोगाइले घनीभूत भएर, अनुभूतिले परिपक्व भएर बनेका स्रष्टा हुन्। कुनै वाद वा सिद्धान्त पढेर, त्यसबाट प्रभावित भएर वा त्यसप्रतिको प्रतिबद्धता र अभिप्रेरणाले नभई आफ्नै जीवन सङ्घर्षको सम्प्रेषणले बनेका कविका रूपमा उनलाई लिनुपर्छ।’ आर्थिक रूपमा विपन्न परिवारमा जन्मेका अर्जुन पराजुली अन्धविश्वास, अज्ञानता र कुरीतिहरूको आदर्श बोकेको पछौटे समाजमा जन्मी, कुटो कोदालो, घाँस, वन जङ्गल, दाउरा, मेलापातको ग्रामीण परिवेशमा, धार्मिक आडम्बर बोकेको आध्यात्मिक परिवेशमा, दुई छाक खानका निम्ति कल्पिनुपर्ने अवस्थामा बाल्यकाल बिताएर हुर्केका व्यक्ति हुन्। यिनै दुःख, दर्द, अभाव,...
Read More





























