Author: Himalaya Post

मनोरञ्जन कर खारेज गर्न बागमती प्रदेश सरकारसमक्ष माग

काठमाडौं – ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ। परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा मन्त्रीहरुलाई भेटेर ठमेल क्षेत्रभित्रका व्यवसायमा लगाएको मनोरञ्जन कर हटाउन माग गर्दै ज्ञानपत्र बुझाएको हो। परिषद्ले विगत लामो समयदेखि ठमेल क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी सबै व्यवसायीलाई निःशर्त पर्यटन व्यवसायीका रुपमा उपत्यका पर्यटन कार्यालयमा दर्ता गर्न आग्रह गरेको छ। उक्त टोलीले ठमेलमा सञ्चालित होटलमा हाल नवीकरण प्रक्रियामा अनावश्यक झन्झट दिने गरी वातावरणीय प्रभाव मूल्यांकन (आइई र इआइए) माग गरिएको भन्दै उक्त ‘रिपोर्ट’ विना सहज तरिकाले नवीकरण गर्न माग गरेको छ। आजै बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक, उपसभामुख अप्सरा चापागाइँ, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यलगायतलाई भेट गरी आफ्नो मागको विषयमा परिषद्ले ध्यानाकर्षण गराएको छ। भेटमा मुख्यमन्त्री जम्कट्टेलले परिषद्को मागलाई गम्भीरतापूर्वक लिई चाँडो कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको मुख्यमन्त्रीको भनाइलाई उद्धृत गर्दै भेटमा सहभागी परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिए। भेटमा क्लब एसोसिएसनका अध्यक्ष राजु दनै, रात्रिकालीन व्यवसायी संघका अध्यक्ष रुपेश गुरुङ, दोहोरी संघका अध्यक्ष विनोद श्रेष्ठलगायत दुई दर्जन बढी व्यवसायी सहभागिता...

Read More

वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये चारको प्रगति शून्य

काठमाडौँ – पन्ध्रौँ आवधिक योजनाले वन घनत्वसम्बन्धी निर्धारण गरेका ११ सूचकमध्ये छमा न्यून र चारमा शून्य प्रगति देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा सूचकमध्ये एउटामा मात्रै उल्लेख्य प्रगति देखिएको छ । प्रतिवेदनअनुसार जङ्गल घनत्वमा ९७ दशमलव ७२ प्रतिशत प्रगति देखिएको छ भने छ सूचकमा प्रगति सातदेखि ५० प्रतिशत प्रगति भएको छ । त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन भएको क्षेत्रफल, दर्ता भएका निजी वन विकास, प्लाष्टिक पुनः प्रशोधन गरी तयारी वस्तु उत्पादन गर्ने उद्योग र बायो इन्जिनियरिङ गरेको क्षेत्रफल सूचकमा भने प्रगति शून्य देखिएको छ । आव २०७९/८० मा लिएको लक्ष्यमध्ये वृक्षारोपण गरिएको क्षेत्रफलको प्रगति दश दशमलव १२ प्रतिशत, बिरुवा उत्पादन सात दशमलव शून्य तीन प्रतिशत, बस्ती तथा बजार बजार संरक्षण केन्द्र २६ दशमलव ६६ प्रतिशत, जलवायु परिवर्तन अनुकूलन योजना तयारी र कार्यान्वयन भएका स्थानीय तह ४० दशमलव १६ प्रतिशत पुगेको छ । वायुमा ‘सस्पेन्सन पार्टिकुलेट’को गाढापनको प्रगति ४९ दशमलव ९७ प्रतिशत छ । आव २०७९/८० को वार्षिक बजेट वक्तव्यमा उल्लेख भएका क्रियाकलापमध्ये तीन स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने लक्ष्य रहेकोमा कार्यान्वयन नभएको, एक हजार चार सय ४५ हेक्टरमा घाँसे मैदान निर्माण तथा व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा एक हजार दुई सय हेक्टरमा भएको, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि २८ किलोमिटर मेसजालीसहित तारवार निर्माण गर्ने लक्ष्य रहेको थियो । ती लक्ष्य तालिका बमोजिम आवधिक योजनाले निर्धारण गरेका लक्ष्य हासिल हुने गरी प्रगति हुन नसकेको भन्दै लक्ष्यअनुसारको कार्यान्वयन हुने गरी कार्यक्रम सञ्चालन गर्न समेत...

Read More

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

काठमाडौँ – एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भएको हो। बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहक महानुभावहरुलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ । साथै, उक्त नवनिर्मित भवनमा ग्राहकहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन, केआईओएसके मेसिन, क्यास रिसाइक्लर मेसिनजस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको छ । एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ...

Read More

छानबिन समितिबारे पूर्ववत अडान कायमै राख्ने काँग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले संसदीय छानबिन समितिका विषयमा पार्टीले राखेको अडान कायमै राख्ने निर्णय गरेको छ । सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिको कार्यादेशमा रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले कार्यदल र प्रधानमन्त्रीसंग भएको छलफलका बारेमा पार्टी पदाधिकारी बैठकमा छलफल भएको बताए । उनले अब प्रधानमन्त्रीसंग हुने छलफल पनि कांग्रेसले अघि सार्दै आएको मागका बारेमा नै अडान राख्ने निर्णय भएको जानकारी दिए । परियारले विगतदेखि राख्दै आएका कुरालाई अघि सार्ने र सहमतिको बिन्दु खोज्ने प्रयास गर्ने बताए । त्यस्तै कांग्रेस...

Read More

संघीय निजामती सेवा विधेयक ल्याउने असारभित्रै पारित हुन्छ : मन्त्री जोशी

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले यही असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार विराटनगरमा आयोजित संघीयता, लोकतन्त्र र कानुनी शासन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले कर्मचारीहरुको मनोबल उच्च बनाउने गरी संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले कर्मचारीहरुको सल्लाह र सुझाव अनुसार नै संशोधन विधेयक आउने भन्दै कर्मचारीबीच हुने विभेद कानुनी रुपमा नै पूर्ण रुपमा अन्त्य गर्ने दाबी गरे । त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश र स्थानीय तहहरुले राजनैतिक संघीयता पाएपनि प्रशासनिक र वित्तीय संघियता अझै नपाएको बताए । संघले प्रदेशमा हस्तक्षेप गरेका कारण प्रदेश संचालनमा समस्या आएको उनले बताए । कार्यक्रममा संघीयताको उद्देश्य, आवश्यकता र कार्यान्वयनको स्थितिबारे छलफल गरिएको थियो...

Read More