Author: Himalaya Post

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन् । बजेट प्रस्तुत गर्दै उनले सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताए । समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको भन्दे त्यसै अनुसार बजेट तर्जुमा गरेको उनले बताए । उनले सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत खर्च हुन नसकेको, लक्ष्यअनुसार राजस्व उठ्न नसक्नुलगायत वर्षौंदेखि अर्थतन्त्रमा देखिएका समस्या निराकरणका लागि सुधारका नयाँ कार्यक्रममार्फत समृद्धिको आकांक्षा पूरा गर्ने गरी बजेट ल्याइएको धारणा राखे । मन्त्री पुनले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरिएको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए...

Read More

कृषि मन्त्रालयका लागि ५७ अर्ब २९ करोड विनियोजन

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री पुनका अनुसार स्वदेशमै बढी दूधालू क्षमता भएका पशु उत्पादन गर्न गाई भैँसीमा नश्ल सुधारका लागि ३८ करोड बिनियोजना गरिएको छ । यस्तै पशुपन्छीमा हुने रोग नियन्त्रणका लागि खोप उत्पादन र सेवा सञ्चालनका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै उखु खेतीका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने साना किसानको बाली तथा पशुपन्छीको बीमाको प्रिमियम अनुदानका लागि १ अर्ब ६५ करोड छुट्याइएको छ । कृषि अनुसन्धान तथा विकासका लागि ३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री पुनले बताए...

Read More

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुन (LIVE)

काठमाडौँ – अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण सुरु गरेका छन् । अर्थमन्त्री पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरिरहेका छन् । प्रत्यक्ष...

Read More

मन्त्रिपरिषद् बैठकद्वारा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित

काठमाडौँ – मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१८२ को बजेट पारित गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको हो । बजेट पारित भएसँगै अर्थमन्त्री वर्षमान पुनले आजै बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्नेछन् । बैठक ३ः१५ बजे बस्नेछ...

Read More

गणतन्त्रको घाम अस्ताउनु हुन्न!

काठमाडौं : निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए पनि नेपालको गणतान्त्रिक यात्रालाई त्यति लामो भन्न मिल्दैन। तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हुँदै आएका अभ्यास, स्थापना गरिएका संरचना र संयन्त्रहरूलाई क्रमशः अगाडि बढाउने प्रयत्न भने हुँदै आएका छन्। नेपालमा लोकतान्त्रिक आन्दोलनको इतिहास र पृष्ठभूमिलाई हेर्दा शुरुदेखि नै यसभित्र दुईटा धार वा दुईटा पाटा रहेको कुरालाई देख्न वा बुझ्न सकिन्छ। एउटा राष्ट्रवादी धार रहेको छ, जसले मुलुकको स्वतन्त्रता, स्वाधीनता, अण्डता र राष्ट्रिय स्वाभिमानको पक्षको दृढतापूर्वक पक्षपोषण गर्छ, प्रतिनिधित्व गर्छ वा नेतृत्व गर्छ। यही अडान र मान्यता बोकेर यस धारले कुनै पनि प्रकारका बाह्य हस्तक्षेपप्रति असहमति राख्छ वा...

Read More