Author: Himalaya Post

मतदाता परिचयपत्र हरायो भने भोट हाल्न पाइन्छ ?

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा देशभरिका मतदाताले मतदान गर्न अब २० दिन बाँकी छ। वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् । ती मध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। नेपालमा संघीय व्यवस्थाअन्तर्गत तीन तहको सरकार भएपछि ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता थिए। सात प्रदेशका कुल ७५३ स्थानीय तहअन्तर्गत ६ महानगर, ११ उपमहानगर, २७६...

Read More

नर्भिकले १४ विशेषज्ञलाई एकैसाथ निःशुल्क ओपिडीमा उतार्यो, क्यान्सर स्क्रिनिङको दुर्लभ अवसर

काठमाडौं –  नर्भिक इन्टरनेशनल हस्पिटलले शनिवार विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकहरुलाई एकैसाथ निःशुल्क ओपिडी सेवामा उपलब्ध गराउने भएको छ । अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत शनिवार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र यूरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकहरुलाई निःशुल्क ओपिडी सेवामा उपलब्ध गराइने भएको हो । नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित विशेष ओपिडी सेवा शनिवार पनि संचालन गर्न लागेको हो । शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म क्यान्सर स्क्रिनिङका लागि निःशुल्क ओपिडी संचालन हुने अस्पतालले जनाएको छ । निःशुल्क क्यान्सर...

Read More

पार्टीले टिकट दिएसँगै चुनावी अभियानमा होमिए खतिवडा

नुवाकोट –  नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता उद्धव खतिवडा चुनावी अभियानमा सक्रिय भएका छन् । पार्टीले विदुर नगरपालिका वडा न‌म्बर १० मा  अध्यक्षका लागि आधिकारिकता दिएसँगै नेता खतिवडाले चुनावी अभियानलाई अगाडि बढाएका हुन् । विगत तीस वर्षदेखि नेकपा एमालेकाे राजनीति गर्दै आएका नेता खतिवडालाई यसपटक स्थानीय तहको निर्वाचनमा पार्टीले आधिकारिक उम्मेदवारको रुपमा छनोट गरेको हो । पार्टीमा लगातार काम गर्दै आएको र स्थानीय स्तरमा पनि राम्रो छवि भएको कारण नेता नेता खतिवडा छनोटमा परेको स्थानीयहरु बताउँछन् । नेता खतिवडा यसअघि लामो समयदेखि खानेपानी, सडक स्तरोन्नति, प्राविधिक शिक्षामा जोड, वैज्ञानिक कृषि प्रणाली, स्वास्थ्य क्षेत्रमा सुधार, स्थानीय धार्मिक क्षेत्रहरुको स‌ंरक्षण, स्थानीय...

Read More

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक जेनेभा प्रस्थान

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी आज –जेनेभातर्फ प्रस्थान गरेका छन् । उनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा थिए । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गरे । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । महानिर्देशक नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाई...

Read More

निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं – नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन् । निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक...

Read More