Author: Himalaya Post

एकैपटक ६ सय ७३ जना प्रहरी निरीक्षकको सरुवा

काठमाडौं – एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ । विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो...

Read More

उपत्यकामा फेरि बढ्यो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौँ – काठमाडौँ उपत्यकामा फेरि सार्वजनिक सवारी साधनको भाडादर बढाइएको छ । उपत्यकासहित समग्र बागमती प्रदेशमा आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधन र भाडाका ट्याक्सीको भाडादर बढाइएको हो । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबारको उक्त निर्णय गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । हाल ५ किलोमिटरसम्मको भाडादर १८ रुपैयाँ थियो । यद्यपि उपत्यकाका सार्वजनिक सवारी साधनले न्यूनतम २० रुपैयाँ भाडा लिँदै आएका थिए, खुद्रा पैसा दिन नमान्ने या बहाजाबाजी गरेर । र, अब ५ किमिसम्मको न्यूनतम भाडादर २० रुपैयाँ नै कायम गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा भाडा समायोजन गरिएको...

Read More

व्यक्तिको जग्गा गुठीको नाममा दर्ता

काठमाडौं – वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डमजोङ गाउँपालिकाको वडा नम्बर ५ तथा गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा यस्तो समस्या देखिएको छ । दुवै जिल्लामा २०३२ सालमा जग्गाको नापी भएको थियो । जग्गा नापी भएर लालपुर्जा वितरण गरेपछि वार्षिक तिरो तिर्न जिल्ला मालपोत कार्यालय जानुको सट्टा स्थानीय ज्यामरुङमा रहेको तत्कालीन श्री ५ को वायु गुठीमै तिरे पनि हुने सुविधा लालपुर्जा धनीलाई दिइएको थियो । त्यतिखेर ठकुरी परिवारको पूजा...

Read More

‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो’

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गरेका हुन् । उनले अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र ध्वस्त पारेको आरोपसमेत लगाए । उनले भने, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो । धान खाने मुसो, चोट खाने भ्यागुतो भयो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, ध्वस्त पार्‍यो । देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ ।’ ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवक, अर्थविद्, राष्ट्र...

Read More

जीपी कोइराला फाउन्डेसनको कार्यक्रम अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा

काठमाडौं – जीपी कोइराला कोइराला फाउन्डेसन र यसका गतिविधिको सर्वत्र चर्चा र प्रशंसा बटुल्न थालेको छ । यस फाउन्डेसनको खेलकुद विभाग बाग्मती प्रदेश कमिटीले दुई साता अघि आयोजना गरेको प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको प्रशंसा सर्वत्र हुन थालेको छ । लन्डनबाट प्रकाशित हुने म्यागजीन टोटल्ली तेक्वान्दोले समाचारलाई प्राथमिकता साथ प्रकाशित गरेको छ । कार्यक्रमको अन्तर्राष्ट्रिय स्तरबाट समेत महत्त्व दिइएकाले आफूलाई खसी तुल्याएको प्रतियोगिता संयोजक तुलसी थापा मगरले बताइन् । यस प्रतियोगिता पछि नेपाली आइटिएफको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो भएको तथा भविष्यमा अझ भव्य प्रतियोगिता आयोजना गर्न उत्साह थपिएको समेत उनले बताइन् । थापाले प्रतियोगिताको सफलतामा जीपी कोइरालाको फाउन्डेसनको नेतृत्वको...

Read More