Author: Himalaya Post

ग्वार्खो ‘फ्लाइ ओभर’ डिजाइन अघि बढ्यो

सञ्चिता घिमिरे, काठमाडौँ – ग्वार्खो चोकमा फ्लाई ओभर निर्माणका लागि सर्वेक्षण सकिएर त्यसको ढाँचा (डिजाइन) तयार पार्न थालिएको छ । निर्माण कम्पनीले अबको दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण सुरु गर्ने भएको छ । सरकार आफैँले इपिसि (इञ्जिनीयरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन)सँग सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो । यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौता जस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर सौरभ बज्राचार्यले बताए । “चुनौती बहन गर्ने विषयमा भने इपिसिमा ‘डिजाइन एण्ड विल्ड’भन्दा फरक छ । यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ,” उनले भने,...

Read More

स्थानीय निर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू

काठमाडौँ – निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू भएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै आचार संहिता लागू भएको घोषणा गरेको हो । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो । आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि नपाउने र दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ । झोला, टिसर्ट, क्याज जस्ता सामाग्री नछाप्न पनि दलहरुको ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले...

Read More

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए । “अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ”, उनले भने, “कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलङ्का जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन ।” नेपाल र श्रीलङ्काबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने...

Read More

माधवलाई ओलीको चुनौती : आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन्

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनादेशको दूरुपयोग गर्नेहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई दिएको जनमतको दूरुपयोग भएको भन्दै उनीहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका हुन् । पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको उनले बताए । उनले भने, ‘मैँले पार्टी एकताको भावनाले प्रचण्ड र माधव नेपाललाई बहुमत दिएको छ, मलाई सिध्याउनका लागि । कस्ता भस्मासुर । मैँले नै वरदान दिएँ, मेरै टाउकामा हात...

Read More

नयाँ वर्षमा सुबिसुको ‘शुभकामना’ अफर : पाइनेछ यस्तो सुविधा

काठमाडौं – इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा आकर्षक ‘शुभकामना अफर’ सार्वजनिक गरेको छ । कम्पनीले चार ओटा डिजिटल टिभी सहितको उच्च गतिको इन्टरनेट प्याकेज आकर्षक मूल्यमा उपलब्ध गराउने भएको हो । कम्पनीका अनुसार ग्राहकले शुभकामना अफर अन्तर्गत केवल मासिक १७७० रुपैयाँमा प्रिमियम प्याकेज सहित चार डिजिटल टिभी र ६५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनुपर्नेछ । वार्षिक प्याकेजको मूल्य भ्याट बाहेक २१ हजार २३९ रुपैयाँ रहेको छ । यो प्याकेजमा डुअल ब्यान्ड ओएनयू (५ गिगाहर्ज), एक्टिभेसन चार्ज, एक्टिभेसन सहित एउटा क्लियर टिभी सेट टप बक्स र वायर समावेश...

Read More