Author: Himalaya Post

नेपालले १९औँ एसियाली खेलकुदका २३ खेलमा भाग लिने, क्रिकेट थपियो

काठमाडौँ – चीनको होङझाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड)मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष महेश्वरजङ्ग गहतराजको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले एसियाली खेलकुदमा सभागिता जनाउने खेल सङ्ख्या तय गरेको हो । एसियाली खेलकुदमा समावेश गरिने खेलमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो र ट्रायथलन रहेको छ । उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, पौडी र ब्याडमिन्टन खेललाई समावेश गरिने...

Read More

१३ करोड ७० लाख अमेरिकीहरु अस्वस्थ हावामा बस्छन्

एजेन्सी – करिब १३ करोड ७० लाख अमेरिकी नागरिक खराब अवस्था रहेको हावा अर्थात् अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखएको छ । बिहीबार यहाँ सार्वजनिक गरिएको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । उक्त रिपोर्ट अनुसार यहाँका करिब १३ करोड ७० लाख अमेरिकी नागरिकहरु प्रदुषित हावामा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ । अमेरिकी लङ एसोसिएसनले बिहीबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको समाचारमा जनाइएको छ । यहाँ खराब वायुको मात्रा बढ्दै गएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ । गत वर्ष यस्तो खराब वायुमा बस्न बाध्य भएका अमेरिकीको संख्या ९० लाख भन्दा केही...

Read More

स्थानीय तह निर्वाचन : राजनीतिक दललाई उम्मेदवार छान्न सकस

खोटाङ – दश स्थानीय तह रहेको खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा छवटामा नेपाली काँग्रेससहित चार दल र चारवटामा काँग्रेसबाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल भएको हो । सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरूबीच चुनावी तालमेल भएपनि उम्मेदवार छनोटमा भने सकस देखिएको छ । राजनीतिक दलहरूबीच गठबन्धन भएको ठाउँमा जित सुनिश्चित हुने अनुमानसहित आकाङ्क्षी धेरै हुँदा सत्ता गठबन्धनका नेताहरूले उम्मेदवारको नाम टुङ्ग्याउन नसकेको हो । जिल्लाको सबैभन्दा ठूलो तथा सबैको ध्यान केन्द्रित...

Read More

अवसरवादी कम्युनिष्टका कारण देशको अवस्था ध्वस्त भयो : वैद्य

काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अवसरवादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् । उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे । जनयुद्धका बेला प्रतिकृयावादीको रक्षा कबज भन्दै एमाले प्रवृतिकाविरुद्ध संघर्ष गरेको र पछि गएर अवसरका खोज्दै प्रचण्डले त्यही एमालेसंग एकता गरको उनले बताए । सामन्तवादीको रुपमा रहेको कांग्रेसलाई टेकोसो लगाएर गठबन्धन सरकार बसको टिप्पणी गर्दै वैद्यले गठबन्धन सरकारले देशलाई...

Read More

वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔंं : मन्त्री पौडेल

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायूप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले वायू प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताएका हुन् । प्रट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनुपर्ने बताए । ‘यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बर्हिगमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्याँसहरु तथा हानिकारक कणजन्य तत्वको उत्सर्जन गर्ने विषयहरु जस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनीकरण...

Read More