Author: Himalaya Post

संविधानको सर्वोच्चता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने ;प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएका छन् । सवोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यस अघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलंबन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो प्रयन्त हुने बताएका हुन् । अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताएका छन् । संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने उनको भनाई छ। प्रधानन्यायाधीश...

Read More

वर्तमान सरकार अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी: नेकपा एमालेअध्यक्ष केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा नेकपा एमाले संगठन बिभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार आफ्नो अधिकारको दुरुपयोग गर्दै अराजक शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका हुन् । अराजकता केही दिनको पाहुना मात्रै भएको उल्लेख गर्दै अध्यक्ष ओलीले लामो समय नचल्ने बताएका छन्। उनले समय र परिस्थिति सधैँ एउटै नरहने भएकाले राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिलाई समेत संयमित हुन सुझाव दिएका छन्।  उनले भदौ २३ र २४ गते भएको आगजनीलगाएत उपद्र मच्चाउनेहरुलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरेका...

Read More

महानगर यातायात प्रा.लि.द्वारा थप १६ वटा विद्युतीय बस संचालनमा

काठमाडौं- महानगर यातायात प्रा.लि.ले थप १६ वटा विद्युतीय बस संचालनमा ल्याईएको छ । बुधबार काठमाडौंमा शशिला मोटर्स प्रा.लि.ले महानगर यातायात प्रा.लि.लाई विद्युतीय बस हस्तान्तरण गरेको छ। ३३ सिट क्षमता भएको नयाँ विद्युतीय वस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको बताईएको छ । चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ । नयाँ वसहरुको सेवा सुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो...

Read More

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटमा मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् । सोमबार भारत भ्रमणमा गएका रास्वपा सभापति रविलाई हिजो भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । सरकारको नेतृत्व गरेको भाजपाका अध्यक्ष...

Read More

अहिलेकै ढंगले एमाले अघि बढ्न सक्दैन, पुनर्गठन गर्छौं : विष्णु पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै अवस्थामा पार्टी अगाडी बढ्न नसक्ने भएकाले पुनर्गठन गरिने बताएको छ । नेकपा एमाले संगठन बिभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पौडेलले अहिलेकै रूपमा र यस्तै ढङ्गले पार्टी अगाडि बढ्न नसक्ने भन्दै पुनर्गठन गरिने बताएका हुन् । उहाले पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्नकै लागि सचिवालय बैठकले कार्यदल निर्माण गरेको उहाले बताउनुभयो । पौडेलले कार्यदलको प्रतिवेदनमागिथ सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनसम्बन्धी आवश्यक निर्णय लिइने उल्लेख गरे । त्यस्तै उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको धक्कालाई क्षतिपूर्ती हुने गरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताए । उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतिलाई सामुहिक...

Read More