Author: Himalaya Post

संगठन सुदृढीकरणमा लाग्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ । एमालेको केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले सङ्गठनमा देखिएका चुनौतीको सामना गर्न सक्ने शक्ति बनाउने गरी एकताबद्ध भएर लाग्न आह्वान गरे । अध्यक्ष ओलीले भने, “एमाले देश, शान्ति, विकास, समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी हो । यसले आत्तिने र हरेश खाने काम गर्नु हुँदैन । आँधी चल्नेबित्तिकै ढलिहाल्ने हाम्रो पार्टी होइन ।” उनले प्रतिशोधको भावनामा कसैले पनि काम गर्न नहुने बताए...

Read More

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग, राष्ट्रियसभा बैठक जेठ २६ गतेसम्म स्थगित

काठमाडौं – नेपाल–भारत सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरि स्थगित भएको छ । बुधबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एकसातापछि बस्नेगरि स्थगित गरिएको हो । त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य सुनिल बहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व भएकाले यसका कारण छिमेकी राष्ट्रसंगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने उल्लेख गरे । प्रधानमन्त्रीसंग सीमा मिचेको तथ्य भए संसदमा प्रस्तुत गर्न उनले...

Read More

सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमै कायम

काठमाडौं –  विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल ३ लाख ११ हजार ३०० कायम भएको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो । आज एक तोला चाँदी ५ हजार ३७० मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ...

Read More

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई अब आफ्नै ईआरपीबाट सबै बैंकिङ सुविधा

काठमाडौं – सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र भबिष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ । सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ एकीकृत गरिएको छ । ‘र्यापिड’ एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ । अब बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न...

Read More

अब बिहान ७ देखि राति १० बजेसम्म सेवा: एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर १५ घण्टा सञ्चालनमा

काठमाडौं – ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ। अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ। यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र सञ्चालन हुने सर्भिस सेन्टरको समय बढाइएपछि काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ। विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा समेत यही समय तालिका चाँडै...

Read More