Author: Himalaya Post

छाङ्गरुमा टेलिफोन सेवा अवरुद्व

दार्चुला – व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्व भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ । हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताए । “नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन”, गुरुङले भने, “हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिएला, सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालन गरिएको छ ।” सशस्त्र प्रहरीले पनि महिनौँ दिन सञ्चारविहीन...

Read More

दोधारा चाँदनीले पानी कहिले पाउने ?

शेरबहादुर सिंह, महेन्द्रनगर – प्रायः हरेक तहका निर्वाचनमा महाकाली सन्धिअनुसार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई सिँचाइका लागि पानी ल्याउन पहल गर्ने विषय प्राथमिकतामा पर्छ । दलीय एजेण्डा बन्ने गरेको सिँचाइको विषय चुनाव सकिएसँगै ओझेलमा पर्छ, तर सन्धिको अढाइदशक बितिसिक्दा पनि महाकाली नदी पारीको उक्त नगरपालिकाले अझै सिँचाइका लागि पानी पाएको छैन । तीन हजार ६०० हेक्टरमा कृषि हुँदै आएको दोधारा चादँनीको उत्तरदेखि दक्षिण भारतीय सीमासम्म महाकाली नदी अविरल बगिरन्छ, तर त्यहाँका स्थानीयवासीले भने दशकौंदेखि आकाशे र बोरिङको पानीका भरमा खेती गर्नुपर्ने बाध्यता विद्यमान छ । नेपाल–भारत एकीकृत महाकाली सन्धिअनुसार बनबसा पुल नजिकैको शारदा नहरबाट नेपाली सीमानासम्म करिब एक हजार २००...

Read More

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

काठमाडौँ – ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्। पुलको लम्बाइ १३५ मिटर रहेको छ । सो पुल ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो । उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रबहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ । सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल...

Read More

त्रिकोणात्मक टी-२० सिरिज : नेपालद्वारा पीएनजीसामू १८४ रनको चुनौती पेश

काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १८४ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । त्यसक्रममा उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि रोहित पौडेलसँग मिलेर ८० रनको महत्वपूर्ण साझेदारी गरे । रोहितले २६ बलमा २ चौका र १ छक्काको मदतमा ३४ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले २० बलमा ३ चौका र २ छक्काको...

Read More

शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले विकास हुन सकेन : नेता सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले विकास हुन नसकेको बताएका छन् । सोमबार काठमाडौंमा कन्या मन्दिर माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता सिंहले शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताए । शिक्षा क्षेत्रको विकासका लागि नारा दिएर मात्र नपुग्ने भएकाले मौका पाउदा काम गरेर देखाउनुपर्ने उनले बताए । नेता सिंहले संविधानमा उल्लेख आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेको भन्दै यसमा सवैको ध्यान जानुपर्ने उल्लेख गरे । त्यस्तै उनले जनताको संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न मिलेर अघि बढ्नुपर्ने धारणा राखे । कार्यक्रममा विद्यालयका कर्मचारी, शिक्षक लगाएतलाई...

Read More