Author: Himalaya Post

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ११ गते

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ११ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

Read More

सवारी अनुमति पत्रको परीक्षामा यतिसम्म हुँदो रहेछ…

काठमाडौँ – सवारी साधन चलाउनका लागि चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा उपलब्ध गराउन सकेको छैन । कहिले उपकरण नभएको, कहिले छापाखाना नचलेको तथा सर्भरमा समस्याजस्ता कारण देखाएर समस्यामाथि समस्या खडा गरेको गुनासो नागरिकस्तरमा उठेको छ । समस्या समाधानका लागि भएका प्रयाससमेत सार्थक बन्न सकेको छैन । तर, यही समस्यालाई केही कर्मचारीले अनियमितता गर्ने माध्यम बनाएपछि कस्को के लाग्दो रहेछ र ? कानुन कार्यान्वयन गराउने निकायको आँखा छलेर गरिएका यस्ता गैरकानुनी क्रियाकलाप भने एक न एक दिन कानुनको फन्दामा पर्छ नै । यस्तै...

Read More

इमर्जेन्सी मेडिसिनबारे सबैले बुझ्न जरुरी छ : डा. महर्जन

आपतकालीन अवस्थामा होस् या शरीरमा कुनै पनि रोग लागेको खण्डमा सो समस्या निराकरणका लागि हामीमध्ये जोकोहिले झट्ट सम्झिने स्थान अस्पताल नै हो । सँगसँगै आकस्मिक सेवादेखि शरीरमा देखिएको समस्या कुन विभागले हेर्छ भन्ने कुराको समेत ज्ञात नभएको अवस्थामा जो कोही सर्वप्रथम जाने अस्पतालको विभाग नै ‘इमर्जेन्सी मेडिसिन’ हो । २४ सै घन्टा र ३६५ दिन नै सेवा प्रदान गर्ने यस विभागले बिरामीमा आइपरेको तत्कालको जोखिमलाई न्यूनीकरण गर्दै थप उपचारका निमित्त कुन विभाग जानुपर्ने हो ? त्यसको जानकारी समेत प्रदान गर्दछ । यसरी सम्भावित विकलांगको जोखिम न्यूनीकरण गर्दै बिरामीको ज्यान समेत जोगाउने यस इमर्जेन्सी मेडिसिनको ज्ञान मेडिको(चिकित्सका क्षेत्रका)र नन–मेडिको (चिकित्सा...

Read More

स्थानीय निर्वाचनको निर्वाचन कार्यक्रम : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौँ – निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ । आगामी वैशाख १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको प्रवक्ता पौडेलले जानकारी...

Read More

गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि पूर्णरुपमा खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गद्दी बैठक पूर्णरुपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट यससम्बन्धी निर्णय गर्न लागिएको हो । गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनस्र्थापना एवं सशस्त्र द्वन्द्वकालका दस्तावेज र पृथ्वीनारायण शाहकालीन हातहतियार प्रदर्शनमा राखिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए। सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन...

Read More