Author: Himalaya Post

प्रचण्डले भेटे चिनियाँ राजदूत यान्छीलाई

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गरेकी छन् । राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन् । भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका बारेमा जानकारी गराएको स्रोतले बताएको छ । राजदूत यान्छीले एमसीसी अनुमोदन भएपछि अब कसरी अगाडि बढ्छ भनेर अध्यक्ष दाहालसँग चासो राखेकी थिइन् । भेटका क्रममा आसन्न स्थानीय तहको निर्वाचन, नेपाल -चीन सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ । उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको स्रोतको दावी छ। पछिल्लो समय राजदूत यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छन्...

Read More

महिला दिवसमा भारत–नेपाल एलम्नाई सञ्जालको गोलमेच छलफल सम्पन्न

काठमाडौं – भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित  र्‍याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गर्यो । “महिलाको राजनीतिक सहभागिताः चुनौती र समाधानका बाटाहरु” विषयक सो छलफलमा नेपालका वरिष्ठ राजनीतिक नेतृहरु डा आरजु राणा देउवा,  भौतिक पूर्वाधार तथा यातायात मन्त्री  रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री  अष्टलक्ष्मी शाक्य,  सांसदहरु  डा बिन्दा पाण्डे र  पुष्पा भुषालको सहभागिता थियो । प्राध्यापक  इला शर्मा सो छलफलको सहजकर्ताको रुपमा रहेकी थिइन् । छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरे...

Read More

ठेकेदारले मापदण्ड विपरीत पुल बनाएपछि भत्काएर अर्को बनाउन निर्देशन

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । विसं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन÷ जयबाबा÷ काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए । उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ ।...

Read More

टिनको कच्ची टहराभित्र महिलाको बेवारिसे शव फेला

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका-७ मा महिलाको शव फेला परेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमवार बेलुका चाँगुनारायणको बागरेमा तरकारी खेती गर्न बनाइएको टिनको कच्ची टहराभित्र पहिचान नखुलेको महिलाको शव फेला परेको हो । घाँटीको अगाडि भाग र शरीरका अन्य भागमा पनि गहिरो चोट लागेको अवस्थामा शव फेला परेको प्रवक्ता डीएसपी राजु पाण्डेले बताए । पोष्टमार्टमको लागि शव केएमसी अस्पताल दुवाकोटमा लगिएको प्रहरीले जनाएको छ...

Read More

महिला–पुरुष बराबरीको नारा व्यवहारमा लागु हुन सकेन

कञ्चनपुर – जिल्लामा महिला–पुरुष बराबरीको नारा व्यवहारमा लागू हुनसकेको छैन । पुरुष प्रधान समाजको प्रभुत्व अझै कायम रहँदा महिलाले बराबरीको अधिकार पाउन नसकेका हुन् । महिलालाई दोस्रो दर्जाको नागरिकको हैसियतले हेर्ने कार्य अझै जारी रहेको छ । घरको चुलोचौकामा मात्रै महिलालाई सीमित राख्न खोज्दा महिला अधिकारबाट बञ्चित हुनुपरेको छ । “बच्चा जन्माउने, हुर्काउने, चुलोचौका, मेलापात, भारी बोक्ने, खेतबारीमा काम गर्ने र माछा मार्ने कार्यमात्रै महिलालाई सीमित राखिएको छ”, सामाजिक अगुवा कमला ऐरले भनिन्, “महिला–पुरुष बराबरी भन्ने गरिन्छ, महिलालाई घरको चार दिवारीमा राख्ने कार्यले बाराबरीको हक कायम हुँदैन ।” महिलालाई राजनीति, सामाजिक र आर्थिक क्षेत्रमा संलग्न गराउनु आवश्यक रहेको उहाँले...

Read More