Author: Himalaya Post

रुसको सैन्य कारबाहीपछि युक्रेनद्वारा ‘सैन्य कानुन’को घोषणा

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् । गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ। कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ...

Read More

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए । छलफलमा प्रधानमन्त्रीले एमसिसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । सिंहदरबारमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँग छलफल गरेलगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । सिंहदरबारको छलफलमा प्रतिनिधिसभामा आजदेखि सुरु हुन लागेको एमसिसी सम्झौताका सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारेमा विचारविमर्श भएको बताइएको छ...

Read More

कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण

काठमाडौँ– वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरीरलाई बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो । संस्कृति पर्यटनमन्त्री प्रेम आले, अग्रज कलाकारहरु, शुभेच्छुक लगायत आफन्तहरुले लामा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो क्रममा पर्यटनमन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेलेको भूमिकाको स्मरण गरे । बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडिबाट ओर्लिने क्रममा लडेर लामाको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामाले धेरै मौलिक लोकगीत गाएका थिए...

Read More

एमसीसीबारे सत्तारुढ तीन दलको निस्कर्ष : ‘यथावस्थामा पारित गर्नु गलत’

काठमाडौँ– अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो । सो क्रममा एमसीसीलाई यथावस्थामा पारित गर्न नहुनेमा एकमत रहेको समाजवादीका नेता झलनाथ खनालले बताए । उनले संशोधनबिना एमसीसी स्वीकार्य नहुने र यसमा माओवादी र समाजवादीको एकै धारणा रहेको जिकिर गरेका छन् । त्यस्तै माओवादी नेता देव गुरुङले अहिलेको अवस्थामा एमसीसीका बारेमा सदनमा छलफल गर्ने अवस्था नरहेको जनाएका छन् । सदन अवरुद्ध भएकाले छलफल गर्न चूनौती देखिएकाले सदनलाई सूचारु गर्ने वातावरण बनाएर नै छलफल गर्नुपर्ने उनको भनाई छ । यसअघि माओवादी...

Read More

चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक, चैत्र ४ देखि प्रदर्शनमा आउने

काठमाडौँ– चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत्र ४ गतेबाट सार्वजनिक गर्ने भनिएको चलचित्र ‘चिसो एस्ट्रे’ को तीन मिनेट लामो ट्रेलर बुधवार कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा सार्वजनिक गरिएको हो । दिन्स पाल्पालीको निर्देशन रहेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङ लगायतको मुख्य भूमिका रहेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले सो चलचित्र साहित्य जगत्मा आधुनिक कविका छविबाट प्रख्यात स्वर्गीय भूपि शेरचनको भूपि शेरचनको ‘चिसो एस्ट्रे’ बाट प्रभावित भएर बनेको बताएका छन् । उनले गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छन्,...

Read More