Author: Himalaya Post

हिमपातका कारण कतै रौनक त कतै कष्टकर दैनिकी (फोटोफिचर)

काठमाडौँ– गए रातिदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा हुने क्रम जारी छ । वर्षापश्चात् बढेको चिसोको कारण हिमाली भेगलगायत काठमाडौँ नजिकैका विभिन्न स्थानमा हिमपात समेत भएको छ । हिमपातसंगै हिउँ खेल्नाका लागि छुट्टै उत्साह र उमंग लिएर सो स्थानहरुमा शहरी क्षेत्रका स्वदेशी पर्यटकहरु पुगिसकेका छन् । तर, यसैक्रममा उपत्यका बहिरका जनजीवन भने हिमपातका कारण कष्टकर बन्न देखिएको छ । हिमपातले यहाँका मानिससँगै पशुचौपाय एवम् खेतीपाती समेत प्रभावित बन्न पुगेको छ । यस्तै हिमपताकै कारण सडक अवरुद्ध भएपछि कतिपय स्थानमा सवारीहरु सोहि स्थानमै अड्किएर बसेका छन् । हिमपातका कारण देखिएको भिन्न–भिन्न दृश्यहरु तस्बिरमा हेरौँ :...

Read More

एसियन सिनियर सेन्ट्रल जोन विजेता नेपाली महिला भलिबल टोली पुरस्कृत

काठमाडौँ – सरकारले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेको हो । प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५/५ लाख प्रदान गरे । त्यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ । त्यस्तै उहाले नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई पनि सम्मान गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको खेल जगतले अन्तराष्ट्रिय स्तरमा देखाएको प्रदर्शनको...

Read More

पिताको सम्झना : १ करोड लागतमा ‘तरहरा गुरूङ गुम्बा भवन’ बनाउदै युवानेता गुरूङ

सुनसरी– सुनसरीको तरहरामा करिब १ करोड लागतमा गुम्बा बन्ने भएकोछ । नेपाली काँग्रेस प्रदेश नम्बर १ का सदस्य सिजन गुरूङले आफ्ना पिता दानबहादुर गुरूङले २४ बर्षअघि निर्माण गरेको तरहरा गुरूङ गुम्बामा थप भवन बनाउन लागेका हुन् । ‘२४ वर्ष अगाडि मेरो परम पुज्य बाबा स्व. दान बा गुरुङ ज्यू तरहरा गुरुङ गुम्बाको संस्थापक अध्यक्षको पदमा रहि सिल्यान्यास गरि निर्माण गरिएको तरहरा गुरुङ गुम्बाको आज अर्को मुख्य भवनको सिल्यान्यास गर्ने शुभ अवसर मिलेको छ’, युवा नेता गुरूङले हिमालयपोष्टसँग भने, ‘भावीको लेखान्त भनौं या आफ्नो कर्मको फल जे भनेनि आजको दिनलाई मैले मेरो जिवनको महत्त्वपूर्ण दिन मध्ये एकमा समाहित गराएको छु...

Read More

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौँ– गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । मापदण्ड पुरा गरे/नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए । विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।...

Read More

जाल्पा लघुवित्तको आइपिओ खुल्ला, अधिकतम ५ हजार २२० सम्म कित्ता खरीद गर्न सकिने

काठमाडौँ– जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गरेको हो । निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने चार लाख ८७ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आहन पत्रमा उल्लेख छ । सर्वसाधारणले माघ २५...

Read More