Author: Himalaya Post

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ । आज मध्याह्न १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको जानकारी प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले दिए...

Read More

परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेकी छन्  । त्यस अवसरमा उनीहरुबिच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श गरेका छन्...

Read More

नेपाल–भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक छ : काँग्रेस सभापति थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । सीमासम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिइ प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने उनको भनाइ छ । त्यस्तै सभापति थापाले जेन्जी आन्दोलसम्बन्धी मानवअधिकार आयोगको प्रतिवदेन कार्यान्वयन गर्न माग गर्दै दोषि देखिएकाहरुलाई निष्पक्ष ढंगले कारवाही गर्नुपर्नेमा जोड दिएका छन्। संसदमा संख्याको दम्भ देखिएको भन्दै उनले जनमतलाई अवसरको रुपमा...

Read More

प्रतिनिधिसभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन

काठमाडौं- प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ । आइतबारको बैठकमा केहि सांसदहरुले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पु¥याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिएका छन् । संसद बैठकमा भएको भौतिक हानि नोक्सानी एवं क्षतिको मुचुल्का तयार भएकाले यस विषयमा आवश्यक जाँचबुझ गरी ७ दिनभित्र सभामुखसमक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिएका छन् । समितिको सदस्यमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख...

Read More

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो । दोश्रो बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्ने महत्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर बिपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका...

Read More