Author: Himalaya Post

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् । भारतीय जनता पार्टीको निमन्त्रणमा सभापति लामिछाने पाँचदिने भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरेका हुन् । रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि पार्टीका तर्फबाट नेतृत्व गर्दै उनले भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन्। सभापति लामिछानेको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् । प्रतिनिधिसभामा करिब दुई तिहाइको सङ्ख्या रहेको सत्तारूढ पार्टीका सभापति लामिछानेको यस किसिमको औपचारिक भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास गरिएको छ...

Read More

अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस विशेष कार्यक्रमका साथ मनाईदै

काठमाडौं – नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पु¥याएको योगदानको स्मरण गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । दिवसको अवसरमा सोमबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र (बीपीओटीसी) मा विशेष समारोहको आयोजना गरिएको हो । कार्यक्रममा विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगती प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो भने दुई शहीद शान्ति सेनाका परिवार र पाँच उत्कृष्ट शान्ति सेनाका सदस्यहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित रहेको बताएका छन् । उनले शान्ति सेनाहरूले जटिल र गतिशील...

Read More

संसदमा देखिएको समस्या समाधान गर्न खोज्दा बिपक्षी दलको साथ पाईन् : सभामुखअर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा देखिएको समस्या समाधान गर्न खोज्दा बिपक्षी दलको साथ नपाएको बताएका छन् । सोमबार बिपक्षी दलका सांसदहरुले सदनको कामकारवाही अघि बढाउन अवरोध गरेपछि सभामुख अर्यालले बिपक्षी दलका सदस्यहरुलाई पटक–पटक संवाद गर्नको लागि बोलाए पनि बिपक्षी दलबाट समय नपाएको बताएका छन् । उनले सभामुखको हैसियतले आफुले सम्वादलाई प्राथमिकता दिएपनि बिपक्षी दलबाट नजरअन्दाज भएपछि प्रक्रिया अनुसार नै अघि बढ्ने अवस्था आएको धारणा राखेका छन् । सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावली अनुसार नै अघि बढाइएको गरेका छन्। सभामुखको हैसियतले आफुले विधेयकमा आएका संशोधनहरुलाई निर्णयार्थमात्रै प्रस्तुत गर्न सक्ने भन्दै उनले...

Read More

नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं – नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौं जिल्ला कमिटीले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । उनीहरुले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गर लगाएतका नारा लगाएका थिए । साथै उनीहरुले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन् । नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलले नेपालले भारतीय भूमि कतैपनि नमिचेको भन्दै प्रधानमन्त्रीलाई आफ्नै सीमाका बारेमा जानकारी नभएको बताएका छन् । उनले प्रधानमन्त्रीले संविधानमा...

Read More

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ-  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २६ दशमलव ७२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ७२ अङ्कले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सिमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७८ अङ्कले ओरालो लागेर ४७० दशमलव ७२ मा सिमित भएको छ । बजेट सार्वजनिक भएपछि खुलेको बजार चलायमान बन्नुका साथ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिए पनि नेप्से आज शून्य दशमलव ९६ प्रतिशतले घटेको हो । तीन सय ४९ कम्पनीको एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर रु पाँच अर्ब...

Read More