माग सम्बोधन नगरे आन्दोलन थाल्ने ट्रेड युनियनको चेतावनी
काठमाडौँ– संयुक्त ट्रेड यूनियन सञ्जालले कर्मचारीहरुको मागलाई सम्बोधन नगरी संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई संयुक्त ज्ञापन पत्र बुझाउदै कर्मचारी संगठनले आफुहरुले दिएका सुझाव समेतका आधारमा संघीय निजामती सेवा ऐनलाई अघि बढाउनुपर्ने भन्दै कर्मचारीको मागलाई वेवास्ता गरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । राष्ट्रियस्तरका ट्रेड युनियनहरुसंग संवाद र छलफल गरि प्रतिनिधिसभाको प्रथम बैठक अगावै विधेयक पेश गर्न सञ्जालले माग गरेको छ । संयुक्त टे«ड यूनियन सञ्जाल निरन्तर दवावमूलक कार्यक्रममा रहेको अवस्थामा आफ्ना मागहरुप्रति सरकार र संसद उदासिन भइ सुनुवाई नगरे सञ्जालका तर्फबाट...
Read More