Author: Himalaya Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ–  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ...

Read More

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौँ– एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउँछन् । एनसेल एप ग्राहकहरुको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो । एनसेल एपमार्फत रु। १०० देखि रु। २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । यस्तै, रु। २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू हुँदैन । यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल...

Read More

निजामती सेवा विधेयकमाथि समितिमा छलफल सुरु

काठमाडौँ– निजामती सेवा सम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा औपचारिक छलफल सुरु भएको छ। विधेयकलाई टुंगोमा पुर्‍याउने उद्देश्यले गठन गरिएको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि शुक्रबारबाट समितिमा छलफल सुरु भएको हो। नेपाली कांग्रेसका सांसद तथा समितिका सदस्य दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा गठन भएको उपसमितिले विधेयकको विस्तृत अध्ययन गरी चैत २० गते समितिलाई प्रतिवेदन बुझाएको थियो। शुक्रबार बसेको बैठकमा संयोजक बडुले प्रतिवेदनको मुख्य बुँदाहरू प्रस्तुत गर्दै सभापति र समितिका सदस्यहरूलाई जानकारी गराएका थिए। प्रतिवेदनमा विधेयकको विभिन्न प्रावधानहरू, संशोधन प्रस्तावहरू र कार्यान्वयनका सम्भावित चुनौतीहरूबारे उल्लेख गरिएको छ। समितिमा छलफलपछि आवश्यक संशोधनसहित प्रतिवेदनलाई अन्तिम रूप दिइने र त्यसपछिको प्रक्रिया प्रतिनिधिसभामा अघि बढाइने...

Read More

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी)– सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो । जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए । स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको उहाँले जानकारी दिए । आगलागीमा स्थानीय बाबुनन्द गोइतको रु एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर...

Read More

नेपोनको अध्यक्षमा पाण्डे चयन

काठमाडौँ– नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा विनोद पाण्डे चयन भएका छन्। काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पाण्डे चयन भएका हुन्। उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी, उपमहासचिवमा तीर्थराज घिमिरे, सचिव (सङ्गठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव ९विदेश विभाग०मा नारायणबहादुर श्रेष्ठ, (सचिव प्रचार विभाग)मा ध्रुवराज कार्की र सचिव (अर्थ)मा चन्द्रकुमार महतरा निर्वाचित भएका हुन्। महाधिवेशनबाट लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका थिए। महाधिवेशनबाट पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन...

Read More