Author: Himalaya Post

ग्याँस संकटः घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

अनुसा थापा भक्तपुर- अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस लुकिछिपी चार हजारदेखि ४५ सयमा बिक्री भइरहेको छ । सिलिण्डरसहित साढे सात हजार पर्छ । व्यापारीले भनेजति तिर्न सक्नेले लगिरहेका छन्, अरु लामो समयदेखि लाइनमा छन् । ग्याँसको अभाव भएसँगै इण्डक्सन किन्नेहरु ह्वात्तै बढेका छन् । सोको फाइदा उठाउँदै इण्डक्सनमा पनि मूल्यवृद्धि गरिएको छ । पहिले कोठामा बस्नेले स्टोभ चलाउँथे । डेरावालले स्टोभ र मट्टितेल किनेर ल्याएर पकाउँछु भन्दा घरधनी मान्दैनन् । कोठा कालो हुन्छ भन्दै उनीहरुले पकाउन दिएका छैनन् । घरधनीले...

Read More

विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ। प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो। करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनले विपद्को समयमा राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले १२ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। अधिकारीले सदस्य विद्यालयहरूले नियमित सञ्चालन खर्च, शिक्षक–कर्मचारीको दायित्व तथा राज्यलाई बुझाउनुपर्ने कर व्यवस्थापन गर्दै उत्साहपूर्वक सहयोग गरेको बताए। अपेक्षा गरिएभन्दा बढी रकम संकलन भएको भन्दै...

Read More

आरोग्य प्रवर्धनका लागि काठमाडौँ महानगर र जीवन विज्ञानबीच ऐतिहासिक समझदारी

काठमाडौं – आरोग्य प्रवर्धन तथा स्वस्थ जीवनशैली विकासका लागि काठमाडौँ महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ । राष्ट्रिय सभागृहमा २०८३ भदौ २६ गते आयोजित कार्यक्रममा महानगरका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा समझदारी भएको हो । समझदारीले नागरिकलाई आरोग्य जीवनशैली, योग, ध्यान तथा सकारात्मक जीवनशैलीका अभ्यासमार्फत स्वस्थ र सन्तुलित जीवनतर्फ अघि बढाउने उद्देश्य राखेको छ । १७ बुँदे समझदारी पत्रमा महानगरको तर्फबाट कार्यबाहक नगरप्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानकी अध्यक्ष देवी शर्माले हस्ताक्षर गरेका छन् । कार्यक्रममा श्रद्धेय रमेश गुरुदेवले मानिसको जीवन कस्तो बनाउने भन्ने कुरा व्यक्तिको आफ्नै हातमा रहेको...

Read More

बार-बेन्चबीचको संवादले नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्छ : प्रधानन्यायाधीश

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको जिम्मेवारी न्यायाधीश र अदालतका कर्मचारीका साथै कानुन व्यवसायीहरूको साझा प्रयासबाट मात्र पूरा हुन सक्ने बताएका छन् । उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधान्यायाधीश शर्माले बार र बेन्चबीच कुनै विषयमा भिन्न बुझाइ भए आपसी संवादमार्फत समाधान गरी नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्ने समेत बताए । उनले न्याय पाउनु जनताको आधारभूत अधिकार भएको र स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा शक्ति पृथकीकरण सभ्य समाज एवं नागरिक अधिकार संरक्षणका आधारशिला रहेको धारणा राखे । अदालतका कामकारबाहीमा स्वच्छ, रचनात्मक आलोचना र कार्यसम्पादन परीक्षणलाई स्वाभाविक एवं प्रोत्साहनयोग्य मानिनुपर्ने उनले बताए ।...

Read More

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो...

Read More