गणतन्त्रको उपलब्धि जनता सम्म पुर्याउन विलम्बका कारण असन्तुष्टि व्यक्त; मुख्यमंत्री कार्की
काठमाडौं- कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान र संघियता प्रति विभिन्न कोणबाट भईरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताएका छन् । १९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगर स्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले गणतन्त्रको उपलब्धि जनता सम्म पु¥याउन भईरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भईरहेको प्रति सजग हुन आग्रह गरेका छन्। उनले लोकप्रियतावादका नाममा भईरहेका क्रियाकलापले संघिय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त गरेका उपलब्धिहरु गुम्ने मात्र नभइ, मुलुकको स्वतन्त्रता, र्सार्वभौमसत्ता र अखण्डता नै संकटमा पर्ने तर्फसचेत हुन आग्रह गरेका छन् । सो कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि बाट निकालिएको झाँकी सहितको...
Read More

























