Author: Himalaya Post

पुनरावलोकनको माग लिएर प्रचण्ड पुगे सर्वोच्च, फैसला सच्याउने विश्वास

काठमाडौँ – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई अलग्याउँदै एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् । मंगलबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले फैसला सच्याउन माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकतालाई अवैधानिक घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला सुनाएको थियो । सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो । सर्वोच्चको उक्त फैसलालाई माओवादी केन्द्रले अस्वीकार गर्दै आएको छ ।...

Read More

रहेनन्, मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

सुदूरपश्चिम– कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उनको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उजका स्वकीय सचिव नरेन्द्र थापाले जानकारी दिएका हुन् । मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस भएपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनी लामो समयदेखि रक्तचापको औषधि खाइरहेका थिए । उनी नेकपा (एमाले) को तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र श्रीमती छन् ।...

Read More

अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै

काठमाडौँ– आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको हो । यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ । देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्ड मै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ । खासगरी राजधानि काठमाडौँलगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ । त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ ।...

Read More

मन्त्री आलेद्वारा दुःख व्यक्त

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो । मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट समेत गर्नुका साथै उनको शव कैलाली लैजानका लागि रु. ५० हजार आर्थिक सहयोगसमेत गरेका छन् । लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो । उनलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएको उनका परिवारले जनाएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका...

Read More

मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

विनोद सिंह विष्ट, बैतडी– पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिएका छन् । यस्तै, केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराको भनाई छ । मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएको बताउँदै उनी भन्छन्, ‘यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ ।’ मौसममा आएको...

Read More