Author: Himalaya Post

साहित्य सन्ध्या पुरस्कार डा. समीरलाई

काठमाडौँ– साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । साहित्य सन्ध्या नेपालले बिहीवार सो पुरस्कार डा. समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्य विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई चैत १५ गते हुने समारोहमा १५ हजार राशिसहित सो पुरस्कार प्रदान गरिनेछ । गुल्मी जिल्लाको खुर्कोटमा जन्मिएका डा. समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् । त्यस्तै,एसओएस बालग्राममा कक्षा १० मा अध्ययनरत अभिभावकको वात्सल्य गुमाएकी पढाइका अलावा बालसाहित्यका क्षेत्रमा समेत योगदान गरिरहेकी छात्रा बन्दुमाया राईलाई रु. १० हजार राशिको २०७६ सालको ‘साहित्य सन्ध्या–मन...

Read More

उपचारत कांग्रेस नेता जोशीलाई सरकारले १० लाख सहयोग गर्ने

काठमाडौँ– मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई सरकारले रु. १० लाख सहयोग गर्ने भएको छ । १४ फागुनमा मष्तिष्कघात भएर उपचारका लागि अस्पताल भर्ना भएका उनलाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उपचार सहयोग रकम स्वरुप रु. १० लाख सहयोग गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख...

Read More

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौँ– महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको काठमाडौँ महानगरपालिकाले जनाएको हो । कामको प्रगतिबारेमा जानकारी दिँदै नगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौँ, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कङ्क्रिटको कमल राख्दैनौँ, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ ।’ पोखरीको डिजाइनका बारेमा जानकारी दिँदै उनले पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप तथा...

Read More

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको हो । बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको हो । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।...

Read More

सर्केगाडमा पशुगणना

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकाले पशु गणना शुरुआत गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये सो गाउँपालिकाले सर्वप्रथम पशुगणना शुरु गरेको हो । गाउँपालिकाका आठवटै वडामा पशु गणना थालिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिएका छन् । यसका लागि गाउँपालिकाले सबै वडामा यही चैत ३ गतेदेखि गणक परिचालन गरेको छ ।...

Read More