Author: Himalaya Post

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश प्रस्ताव, ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद

काठमाडौं – माछापुच्छ्रे बैंकले आफ्ना शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ । बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ । बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९३ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ...

Read More

यातायात ऐनमा व्यवसायीको सुझाव समेटिने : पूर्वाधार मन्त्री लम्साल

काठमाडौं – पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाइएको बताएका छन् । शुक्रबार मन्त्रालयमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघसंगको छलफलका क्रममा मन्त्री लम्सालले सरकारले बीआरटी मोडल र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार देशभरका सिटी बस, लामो दूरीका बस र ट्याक्सीहरूको व्यवस्थापन गर्ने नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएको बताएका हुन् । उनले सरकार अब डिजेल गाडीको पक्षमा नरहेको र सबै सार्वजनिक सवारीलाई पूर्ण रूपमा विद्युतीय बनाउने योजनाका साथ अघि बढेको धारणा राखेका छन्। व्यवसायीहरूको पूर्ण सहमति र परामर्शबिना सरकारले यातायात ऐन जारी नगर्ने स्पष्ट पार्दै उहाले ऐनको मस्यौदा बनाउँदा व्यवसायीहरूसंग छलफल गरिने उल्लेख गरेका छन् ।...

Read More

राष्ट्रसंघ महासभामा जलवायु संकट र क्षतिपूर्तिको माग उठाउने नेपालको तयारी

काठमाडौं – नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबाट जानकारी गराउने भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव राईले बताएका छन्। उनले नेपालमा गत वर्ष भएको ’जेन्जी आन्दोलन’, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न यो भ्रमण महत्त्वपूर्ण अवसर हुने उल्लेख गरेका छन् । महासभामा रसुवाको भोटेकोशी...

Read More

एमाले निर्वाचन समीक्षा कार्यदलमा दुई प्रतिवेदन पेश

काठमाडौं – नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक–फरक प्रतिवेदन प्रस्तुत भएको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा पार्टीका महासचिव शंकर पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका हुन् । कार्यदलका संयोजकले दुवै दस्ताबेज कार्यदलको बैठकमा छलफलका लागि पेश गर्नुभएको एमाले प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । दुईवटा छुट्टाछुट्टै दस्ताबेज हुन नसक्ने निष्कर्ष निकाल्दै दुवैको अध्ययन तथा छलफल गरी एउटै साझा दस्ताबेज तयार पारेर सचिवालयलाई बुझाउने सहमति भएको उनले बताएका छन् । दुवै दस्ताबेज अध्ययन गर्ने र शुक्रबारदेखि आवासीय रूपमा बसेर छलफल गरी...

Read More

सरकारलाई पुनको चेतावनी : दम्भ र अहंकार त्यागेर विनम्र बन्नुस्

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराउँदै कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन् । उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह समेत गरेका छन्। सांसद पुनले चुनावअघि ’पैसा नहुनेले पढ्न पाउँछ’ भन्ने अभिव्यक्ति दिइएको तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भएको आरोप लगाएका छन् । उनले...

Read More