Author: Himalaya Post

प्रदेश नं १ को प्रदेशसभा बैठक शुरु भएको बैठक तीन मिनेटमै स्थगित

प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो । सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । करीब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनेटपछि नै सभामुखले सभामा बैठक स्थगन भएको सूचना दिएका थिए ।...

Read More

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

खलङ्गा – जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारी यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । उनले भने, “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन”, समयमै स्याउ काँटछाट गर्न लागेको भण्डारीले बताउनुभयो ।” जिल्लामा खासगरी पुषदेखि माघको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बगैँचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई जुम्लाका कार्यालय प्रमुख...

Read More

भारतले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप भोलि आउँदै, क-कसलाई लगाइनेछ ?

काठमाडौँ – भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अनुदानमा उपलब्ध गराएको छ । बुधबार नेपाल–भारतद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै स्वाथ्यमन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराएको उक्त खोप बिहीबार (भोलि) नै काठमाडौँ आइपुग्ने जानकारी दिएका छन् । मन्त्री त्रिपाठीले खोप लगाउनका लागि सबै तयारी पूरा गरिसकेको जानकारी दिए । नेपालको कूल जनसंख्याको ७२ प्रतिशत संख्यालाई कोरोनाविरुद्धको खोपको लागि उपयुक्त संख्याका रुपमा चित्रित गरिएको उनले बताए । जसमध्ये ३ प्रतिशत जनसंख्या, कोरोनाविरुद्धका योद्धाहरु सफाइकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिनेछ । त्यसमध्येबाट बाँकी रहेको खोप अन्य जोखिमका क्षेत्रमा काम गर्नेहरुलाई...

Read More

‘नागरिक एप’ प्रतिको आर्कषण बढ्दोः एक साता नबित्दै तीन लाख ११ हजारले गरे डाउनलोड

काठमाडौँ– ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साझँ मात्रै सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्याह्सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्ने मध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ । उक्त एप डाउनलोड भएपनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । यस्तै, एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासगैँ टेलिफोनबाट धेरै प्रयोगकर्ताले गुनासो गर्ने गरेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले बताए । उनका...

Read More

काभ्रेमा एसपी पौडेलका १३ महिना : अपराध नियन्त्रणमा नमूना !

काठमाडौँ – काभ्रे प्रहरी प्रमुखका रुपमा १३ महिना बिताएर प्रहरी उपरीक्षक (एसपी) रवि पौडेल बिदा भएका छन् । पुस २१ गतेको प्रहरी प्रधान कार्यालयको निर्णयले एसपी पौडेललाई काभ्रेबाट प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा खटाएको छ । १३ महिना काभ्रे प्रहरीको नेतृत्व सम्हालेका एसपी पौडेलले अनुसन्धान, अपराध नियन्त्रणमा नमूना काम गरेर देखाएका छन् । प्रतिबन्धित विप्लव समूहको गतिविधि तथा अन्य अपराधिक गतिविधि नियन्त्रण गर्न, पक्राउ गरेर मुद्दा चलाउन, फरार प्रतिवादीहरुलाई पक्राउ गर्न उनी सफर रहे । चाहे पाँचखाल–१०का कामि सिंह तामाङ हत्याका अभियुक्त पक्राउ गर्ने होस् वा नमोबुद्द–८ बस्ने रन्जना तिमल्सिना अधिकारी, रोशी–११ का सुब्बा सार्की लगायतका दजर्जनौँ...

Read More