Author: Himalaya Post

अर्थमन्त्री डा. वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२ /८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा .वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका हुन् । उनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा  संरक्षण विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए...

Read More

सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा चलचित्र विधेयकमाथि विचार प्रस्ताव प्रस्तुत

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्ताव पछि प्रतिनिधिसभामा विधेयकको सैद्धान्तिक विषय माथि छलफल सुरु भएको छ । सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै सङ्घीय संरचना, समावेशिता र नयाँ प्रविधि अनुकूल नयाँ कानुनी व्यवस्था आवश्यक रहेको भन्दै नयाँ विधेयक अघि बढाएको हो । चलचित्र क्षेत्रलाई केबल मनोरञ्जनको माध्यम नभई सामाजिक, सांस्कृतिक तथा सिर्जनशील उद्योगका रूपमा विकास गर्न नयाँ ऐन आवश्यक रहेको भन्दै सञ्चार मन्त्रालयले  विधेयक अघि बढाएको छ। चलचित्रमार्फत नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा...

Read More

मुलुकको समग्र आर्थिक बृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं – सरकारले चालू आर्थिक बर्षमा मुलुकको समग्र आर्थिक बृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्य पूर्वमा जारी द्वन्द्व लगाएत प्रतिकूल विश्व परिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताए । उनले प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान रहेको उल्लेख गरे । चालु आर्थिक वर्ष मुलुकको अर्थतन्त्रको आकार रु ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय...

Read More

एसियन खेलकुद छनोट :  टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं – मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपालले चीनलाई हराउँदै विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । यता चीन पनि लगातार दोस्रो जित निकाल्ने उदेश्यका साथ मैदानमा उत्रेको छ । हिजो भएको आफ्नो पहिलो खेलमा चीनले इन्डोनेसियालाई तीन विकेटले पराजित गर्दै जित हासिल गरेको थियो । विभिन्न छ राष्ट्र सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह...

Read More

मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन सन्तोषजनक छैन : अध्यक्ष मगर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका बिषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले मानवअधिकारका बिषयमा नेपाल सरकार समक्ष गरेका सिफारिहरुको कार्यान्वयनको स्तर सन्तोषजनक नरहेको जनाएको हो । स्थापनाकालदेखि हालसम्मको अवधिमा सरकारबाट आयोगका १३ दशमलव २९ प्रतिशत सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको उनले बताए । उनले आगामी दिनमा सिफारिस कार्यान्वयनतर्फ सरकारले सकारात्मक पाइला चाहेमा मात्रै कानूनी शासनको प्रत्याभूतिका साथै मानवअधिकार संस्कृतिको निर्माण सम्भव हुने धारणा राखे । लोकतन्त्रमा व्यक्ति भन्दा प्रक्रिया र परिणाम महत्वपूर्ण हुने भन्दै अध्यक्ष मगरले राज्यका सवै निकायहरुले...

Read More