Author: Himalaya Post

राजधानी डेंगुको उच्च जोखिममा

काठमाडौ, २३-असोज /   राजधानीमा डेंगु रोगको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। डेंगु रोगका बिरामी अस्पतालमा नआए पनि उच्च जोखिम रहेको र विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। यस वर्ष ३५ जिल्लाका २ सय १० जनामा डेंगु रोग देखा परेको छ। जसमध्ये सबैभन्दा बढी सर्लाहीमा डेंगु रोगको संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयका जोखिम नियन्त्रण निरीक्षक उत्तमराज प्याकुरेलले जानकारी दिनुभयो। सर्लाहीमा १ सय ७, धादिङमा २५, चितवनमा १२ जनालाई डेंगु रोग देखा परेको छ। यस्तै काठमाडौंसहित रूपन्देही, नवलपरासी, धनुषालगायतका जिल्ला डेंगु रोगको जोखिममा परेका छन्। नेपाल समाचार पत्र दैनिकमा खबर छ । सरकारले चालू आर्थिक वर्षमा डेंगु...

Read More

निगम प्रमुख खड्कालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २२ असोज /  भ्रष्टाचारमा मुछिएको भन्दै सरकारले बर्खास्त गरेका नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ। खड्काले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न  अन्तरिम आदेश माग गर्दै असोज ४ गते सर्वोच्चमा रिट दिएका थिए। आफुलाई चारवर्षका लागि नियुक्त गरिएको र अझै डेढवर्ष आफ्नो कार्यकाल रहेको रिटमा उल्लेख थियो।  सरकारले आफुविरुद्धका आरोप प्रमाणीत गर्ने मौका र आफ्नो सुनुवाई नगरि गैर कानुनीरुपमा हटाएको जिकिर खड्काले लिएका थिए। इन्धन भण्डारण क्षमता विस्तार गर्न...

Read More

किन भएन नवराज सिलवालको राजीनामा स्वीकृत ?

काठमाडौं, २२-असोज /  नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले पदबाट दिएको राजीनामा गृह प्रशासनले आफूप्रति पूर्वाग्रह राखेर स्वीकृत नगरेको आरोप लगाएका छन् ।तर, गृहसचिव लोकदर्शन रेग्मीले भने प्रहरी प्रधान कार्यालयबाट गृहमा आइनपुगेकाले राजीनामा प्रक्रिया अघि बढ्न नसकेको दाबी गरेका छन् । रेग्मीले अन्नपूर्णसँग भने, ‘आउनेबित्तिकै राजीनामा स्वीकृत हुन्छ ।’ राजीनामा स्वीकृत नभई एमाले प्रवेश गरेका डीआईजी सिलवालमाथि प्रहरी संगठनको आचरणविरुद्धको दण्डनीय गतिविधि गरिरहेको आरोप लागिरहेका बेला आफूलाई दुःख दिने नियतले राजीनामा रोकिएको अन्नपूर्णलाई प्रतिक्रिया दिए । सिलवालले आईजीपी प्रकरणमा सर्वोच्चको फैसलापछि प्रहरी सेवाबाट अलग रहने घोषणा गर्दै डीआईजी पदबाट २८ भदौमा राजीनामा दिएका थिए । प्रहरी प्रधान कार्यालयले उक्त पत्र...

Read More

उम्मेदवार बन्न कर्मचारीको लर्काे, कुन दलबाट को ?

काठमाडौं, २२-असाेज /  राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन् । विभिन्न दलबाट दर्जनौं कर्मचारी आसन्न दुवै सभा नर्वाचनका लागि समानुपातिकमा सिफारिसमा परिसकेका छन् भने सिफारिसमा पर्ने क्रम जारी रहेको कर्मचारीसम्बद्ध संगठनले बताएका छन् । ती कर्मचारीले निजामती सेवा ऐनविपरीत राजनीतिमा प्रत्यक्ष रूपमा सहभागी हुने उद्देश्यसाथ आफू निकटको दललाई प्रभावमा पारी समानुपातिकबाट सिफारिस गर्न लगाएका हुन् । कर्मचारीकै रुचि र दबाबमा उनीहरूनिकट दलले धमाधम सिफारिस गर्न थालेको स्रोतले जनाएको छ । निजामती सेवा ऐनको आचरणसम्बन्धी महलअन्तर्गत...

Read More

अख्तियारद्वारा राष्ट्र वैंकसँग लगानी विवरण माग

काठमाडौं, २२-असाेज /   बैंक कर्जा लिएर जबरजस्ती गुज्रेको म्याद थप्दै भाका बढाएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकबाट एक अर्ब रुपैयाँभन्दा बढीको लगानी विवरण झिकाएको छ। गैरकानुनी कर्जा प्रवाहमा अनुसन्धान प्रयोजनका लागि दशैंअघि विवरण झिकाएको हो। अख्तियारले एक अर्बभन्दा बढी ऋण लिई चुक्ता हुन बाँकी भाखा नाघेका व्यापारिक फर्म, उद्दोग, संस्था एवं कम्पनीहरूको विवरण झिकाएको छ। उद्योग, व्यवसायका लागि भन्दै ठूलो परिमाणमा लिएको ऋण दुरुपयोग भएको भन्दै छानबिनका माग राखेर अख्तियारमा परेको उजुरीका आधारमा राष्ट्र बैंकबाट सबै फेहरिस्त झिकाइएको हो। ऋण लगानीको अवस्था जोखिमपूर्ण र शंकास्पद रहेको दाबीसमेत उजुरीमा थियो। अख्तियारको पत्रअनुसार राष्ट्र बैंकले मुलुकभरका बैंकबाट...

Read More