Author: Himalaya Post

राप्ती बगरमा भेटियो पेट्रोलियम पदार्थको खानी

दाङ, २४-असोज / राप्ती नदी किनारमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ । नदी बगरमा निस्किएको पदार्थमा आगो बल्न थालेपछि खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको हो । गढवा गाउँपालिकाको झारवैरा, लमही नगरपालिकाको कोलही र लंगडीको बीचमा पर्ने दुवै किनारमा पेट्रोलियम रहेको देखिएको हो । विभागका उपमहानिर्देशक सुधीर रजौरसहितको टोलीले पेट्रोलियम भए-नभएको बारेमा अध्ययन गरेको थियो । स्थानीयले केही दिनअघि बगरमा ग्यास निस्किएको भन्दै विभागमा जानकारी गराएका थिए । विभागको टोलीले ग्यास निस्किएको क्षेत्रको स्थलगत अवलोकन गरेको जानकारी दिँदै यसको विस्तृत अध्ययनपछि मात्र कुन ग्यास हो भन्न सकिने उपमहानिर्देशक रजौरेले बताए । ‘स्थलगत अध्ययन र परीक्षणले...

Read More

चुनावलाई ९८ हजार म्यादी प्रहरी भर्ना गरिने

काठमाडौं, २४-असोज / सरकारले १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाउँदा पनि करिब एक लाख सुरक्षाकर्मी अपुग हुने निष्कर्ष निकाल्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । म्यादी प्रहरी भर्ना गर्ने प्रस्तावलाई निर्वाचन आयोगले समेत सहमति दिइसकेको गृह मन्त्रालयले...

Read More

सांसदहरुको समयावधि असोज २८ गतेबाट सकिदै

काठमाडौँ, २३-असोज /  यहि असोज २८ गते देखि व्यवस्थापिका संसद सदस्यहरुको समयावधि सकिने भएको छ । मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि यहि असोज २९ गते समानुपातिक तर्फको मनोनयन दर्ता गर्ने मिति तयसंगै संसद सदस्यहरुको कार्यकाल सकिने भएको हो । २८ गते व्यवस्थापिका संसदको समयावधि सकिने भए संगै चालु संसद अधिवेशन असोज २७ गतेसम्म मात्र चलाउन र त्यहिबीचमा आवश्यक सबै विधेयकहरु पारित गर्ने गरी सरकारसँग तालमेल गर्न संसद सचिवालयले सभामुख ओनसरी घर्तिमगरलाइ सुझाव दिएका छन् । जसअनुसार हिजो र अस्ति गरेर १४ घण्टामा १७ वटा कानून पास भए । अब रफ्तारमा बाँकि ऐन कानून र प्रस्ताव पनि...

Read More

कमल थापाकाे नेतृत्वमा सरकारमा जाँदै राप्रपा

काठमाडौँ, २३-असोज /  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि अाज बैठक बस्न लागेकाे हाे । ११ बजे बस्ने बैठकले सरकारमा जाने बारे निर्णय लिने पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने प्रवक्ता पाठकले बताए । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने उक्त बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत अब पार्टीले सहभागिता जनाउने बताइएको छ...

Read More

सिट बाँडफाँटले दुवै गठबन्धनमा समस्या, शीर्ष नेताले टुंग्याउने

काठमाडौं, २३-असोज / निर्वाचन क्षेत्रको सिट बाँडफाँटको विषयलाई लिएर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैमा विवाद देखिएको छ । लोकतान्त्रिक गठबन्धनमा रहेका  राजनीतिक दलमध्ये समाजवादी फोरम र राजपाले ५५ सिट माग गरेका छन् । त्यसमध्ये २ नम्बर प्रदेशका धेरै निर्वाचन क्षेत्र उनीहरुले माग गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमले २० सिट माग गरेको छ । कैलाली, बाँके, दाङ, रुपन्देही, नवलपरासी लगायतका जिल्लामा गरेर २० क्षेत्र आफूले पाउनुपर्ने माग नेपाल लोकतान्त्रिक फोरमका रामजनम चौधरीले जानकारी दिए ।   उनका अनुसार अहिले २० सिट माग गरे पनि बिस्तारै सहमति हुन सक्ने बताए ।  त्यसैगरी राप्रपाले झापा, मकवानपुर, बाँके लगायतका जिल्लामा गरेर २१ सिट...

Read More