काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारले स्थायी रूपमा नै समाधान खोज्न चाहेको बताएकी छन् ।


ADVERTISEMENT


फोहर व्यवस्थापनका बिषयमा शुक्रबार शहरी बिकास मन्त्रालयमा स्थानीय लगाएत सरोकारवाला निकायसंग भएको छलफलका क्रममा मन्त्री झाँक्रीले सिसडोलबासीसंग यसअघि भएका प्रतिवद्धता पुरा नभएको प्रति माफी माग्दै स्थायी रुपमा नै फोहर व्यवस्थापन गर्न बजेटमा कमी हुन नदिने समेत बताइन् ।


ADVERTISEMENT

# # #


उनले सिसडोलबासीलाई प्राथमिकतामा राखेर नै आगामी कार्ययोजना अघि बढाउने दाबी गरिन् । सिसडोलमा फोहर व्यवस्थापन गर्दा देखिएका समस्याको समाधानका लागि काम सुरु गरिसकेको उनले बताइन् । मन्त्री झाँक्रीले यसअघि तत्कालको समस्या समाधान गर्न गरिएको सम्झौता कार्यान्वयन नभएका कारण नै समस्या देखिएको भन्दै अव त्यस्तो प्रवृति नदोहरीने धारणा राखिन् ।

सिसडोलमा गरेको गल्ती अब बञ्चरे डाँडा नदोहरिने उनको भनाई छ । त्यस्तै सडक निर्माण कार्यलाई पनि तीव्रता दिने उनले जानकारी दिइन् ।