काठमाडाैँ– सिन्धुलीको कमलामाई नगरपालिका-८, हर्दियामा कार दुर्घटना भएको छ ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा १५ च ७३३१ नम्बरको कार आइतबार बिहान अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा कार चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१८, मिल्स एरियाका २६ वर्षीय विष्णुभुषण साह सामान्य घाइते भएका छन् । कारमा उनका बुवा रामनेक साह पनि सवार थिए ।
कार अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।