काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो बत्तीसपुतली शाखालाई नयाँ स्थानमा सारेर पुनः सञ्चालनमा ल्याएको छ। अबदेखि शाखाले बत्तीसपुतली–९ स्थित राम मन्दिर जाने बाटोमै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट सेवा दिनेछ।
नयाँ स्थानबाट शाखाको शुभारम्भ आज एक औपचारिक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरे। कार्यक्रममा बैंकका अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपस्थिति थियो।
हाल हिमालयन बैंकले देशभर १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८,००० भन्दा बढी प्वाइन्ट अफ सेल टर्मिनल तथा १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले बत्तीसपुतली शाखाबाट पनि सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ।


























































