काठमाडौँ – आगामी डिसेम्बर पहिलो सातादेखि युएईमा सुरु हुने यू–१९ एशिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


सार्वजनिक नेपाली यू–१९ टोलीमा अलराउण्डर गुल्शन झालाई पनि समावेश गरिएको छ । राष्ट्रिय टोलीको अहिले कुनै खेल तालिका नभएपछि गुल्शनलाई यू–१९ टोलीमा समावेश गरिएको हो ।


ADVERTISEMENT

# # #


८ राष्ट्र सहभागी हुने एशिया कपमा नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल रहेका छन् । नेपाल गत महिना मलेसियामा भएको यू–१९ प्रिमियर कपको च्याम्पियन हुँदै एशिया कपमा पुगेको हो । प्रिमियर कपबाट युएई र जापान पनि एशिया कपा छनोट भएका थिए ।