सुनसरी – जिल्ला सुरक्षा समिति सुनसरीका पदाधिकारीहरु नेपाल–भारत सीमा क्षेत्रस्थित पैदल यात्रामा निस्किएका छन् । समितिको निर्णयअनुसार उनीहरु नेपाल भारत अन्तर्राष्ट्रिय सीमानाअन्तर्गत सुनसरी जिल्लाको सीमानामा ५ दिने सीमा पैदल यात्रा तथा अन्तक्र्रिया कार्यक्रममा निस्किएका हुन् ।


ADVERTISEMENT


फागुन १२ गतेदेखि सुरु भएको सो अभियानमा सुनसरी जिल्लाको भारतसँग सीमा जोडिएको ६१.९ किलोमिटर सीमा इलाकाको अनुगमन गर्ने तथा सीमा सरोकारका विषयमा छलफल गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


यात्राकोपहिलो दिन सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेबगंज, सुनसरी र दोस्रो दिन सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्की, सुनसरीको परिसरभित्र सीमासँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, स्थानीय भद्रभलाद्मीको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

यस्तै, आइतबार भने सीमा दशगजा, सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमाबासीका समस्या तथा जनसरोकारका विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।

पैदल यात्रा तथा अन्तर्क्रिया अभियानका केही झलकहरु