काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चितवनको भरतपुर ब्यारेक नसर्ने बताएका छन् ।
चितवनको भतपुरस्थित नयाँ सबुज गणमा नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०८० मा सम्बोधन गर्दै उनले सुरक्षाको दृष्टिकोणबाट महत्वपूर्ण रहेको ब्यारेक यहि राख्ने सहमति सरकारसँग भईसकेको बताएका हुन् ।
‘सेनाको ब्यारेकले यहाँको सुरक्षा लगायत विपद् मा ठूलो भूमिका खेलेको छ’, प्रधानसेनापति शर्माले भने, ‘यहाँको ब्यारेक यहि रहन्छ, घोडा प्रजनन केन्द्र मात्र शक्तिखोरमा व्यवस्थापन पछि सर्नेछ ।’
यस्तै, अवकाश प्राप्त तथा बहालवाला सैनिकहरुको समुचित व्यवस्थाले नेपाली सेनाको आधार स्तम्भ बलियो बनाउने भन्दै उनले सो समूहको निरन्तर हितका लागि चार ओटा संघको अवधारणा अनुरुप शिक्षा, स्वास्थ्य, सिप तथा स्वरोजगार र सहुलियतका क्षेत्रलाई विचार गरी सोही अनुरुप कार्यान्वयन भइरहेको स्मरण गराए ।
यसैगरि, आर्थिक अवस्था कमजोर भएका अवकाश प्राप्त सैनिकहरुतर्फ ध्यान केन्द्रित भई उनीहरुको उचित व्यवस्थापनका कार्ययोजनाहरु प्रतिबद्व ढंगले अगाडि बढाइएको शर्माले जानकारी समेत दिए ।