काठमाडौँ– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले उजुरी दर्ता गर्दैमा कोही दोषी नहुने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले सो धारणा व्यक्त गरेका हुन् ।
यस्तै, निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै मन्त्री बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको जनाए ।
‘उजुरी दर्ता गर्दैमा दोषी हुदैँन । कसैलाई आरापित भन्न मिल्दैन’, उनले भने । यस विषयमा दोषी देखिए पदमा नबस्ने मन्त्री बस्नेतको भनाई छ । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रुपमा जोगाउन खोजिएको उनको आरोप छ ।
आफुले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको उनको धारणा छ ।
यस्तै, संसद अवरुद्वको सन्दर्भमा बोल्दै उनले प्रतिपक्षले आफूले भनेको सबै ठिक हो अन्यथा बेठिक भन्ने गरेको बताए ।