काठमाडौँ – एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम असार महिनाभित्रमा चुक्ता गरेमा छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बैँकले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको भुक्तानी गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने भएको हो । साथै साधारण वक्यौता ब्याज रकममा विभिन्न किसिमका छुट प्रदान गर्ने योजना ल्याएको हो ।


ADVERTISEMENT

# # #


देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले उक्त योजना ल्याएको बैँकले जनाएको छ ।

बैँकका अनुसार ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेका कर्जाका ऋणीले कर्जा चुक्ता गर्दा साधारण ब्याज रकममा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यस्तै १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेकाको हकमा २५ प्रतिशत र ३६५ दिनभन्दा बढीको हकमा ३५ प्रतिशत छुट पाइने बैँकले जानकारी दिएको छ ।

 

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएको छ ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।