काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले विभिन्न प्रकरणका फाइल खुल्न थालेपछि सत्ता समीकरण परिवर्तन भएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिदै लामिछानले विभिन्न प्रकरणको फाइल खोल्दा बेचन झा र प्रतीक थापाहरु पक्राउ पर्ने क्रम सुरु भएपनि सत्ता समिकरण परिवर्तन भएको दाबी गरेका हुन् ।
लामिछानेले सरकारमा रहदा सुशासनका पक्षमा काम गरेको र यसको वातावरण बनाइएकोप्रति प्रचण्डलाई धन्यवाद दिए । उनले विभिन्न प्रकरणमा अनुसन्धान गर्दा आफूलाई स्टन्ड गरेको आरोप लागेको भन्दै वर्तमान सरकारले खोलेका फाइललाई निरन्तरता दिएर स्टन्ड देखाउन अव बन्ने गृहमन्त्रीलाई चुनौती दिए ।
आफूलाई जबरजस्ती सहकारी ठगको रुपमा स्थापित गर्न खोजेको उल्लेख गर्दै लामिछानले आफुले कानून बमोजिम कसैलाई कारवाही गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरा परेको टिप्प्णी भएको जिकिर गरे ।
लामिछानेले कांग्रेस–एमालेले भनेको राष्ट्रिय सहमतिप्रति आशंका व्यक्त गर्दै जनतालाई थाहा नदिएर गरिएको राष्ट्रिय सहमतिले मानमर्दन गरेको बताए ।



























































