काठमाडौँ – मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडक खण्डमा रात्रीकालीन सवारी चलाउन रोक लगाइने भएको छ ।


ADVERTISEMENT


शुक्रबार गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसंगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रीकालिन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुले मिलाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले सदनमा जानकारी गराए । उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको बताए ।

सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानले बताए ।

ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए ।

उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रताका साथ अघि बढाइएको जानकारी दिए । बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताए ।