काठमाडौँ – नवगठित सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिने निर्णय भएको छ । सरकार गठन भएलगत्तै सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने अभ्यासलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको हो ।



























































